मारक्कोले कसरी रोक्ला रोनाल्डोलाई ?
प्रकाशित मिति : असार ६, २०७५ बुधबार
विश्वकप फुटबलमा आज आज राति मोरक्कोले पोर्चुगलको सामना गर्दैछ ।
समुह बी मा रहेका यी दुई टोलीबीचको नेपाली समय अनुसार साँझ ५ः ४५ मा सुरु हुनेछ ।
दुवै टोलीले समुहको दोस्रो खेल खेल्न लागेका हुन् ।
समुह चरणको पहलो खेलमा मारक्कोले ईरानसँग १—० ले पराजय भोगेको थियो ।
मोरक्कोले आत्मघाती गोल गर्दै ईरानसँग पराजय भोगेको थियो ।
यता पोर्चुगलले भने उपाधिको प्रवल दावेदार मानिएको स्पेनसँग ३—३ को बराबरी खेल्दै अंक बाँडेको थियो ।
स्पेनसँग सनसनीपुर्ण खेलमा पोर्चुगलका क्याप्टेन क्रिस्टियानो रोनाल्डो ह्याटिक गरेका थिए ।, आजकोकारोवारमा यो खबर छ ।