भारतले एमालेलाई चेसको गोटी बनायो


प्रकाशित मिति : कार्तिक ११, २०७३ बिहीबार

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध ल्याइएको महाअभियोगको प्रस्ताव भारतको इसारामा आएको दाबी गरेका छन् । ट्रक व्यवसायी सङ्घ भक्तपुरको १७औँ वार्षिक साधारणसभामा उनले महाअभियोग प्रस्ताव एमालेले ल्याएको नभई भारतको इसारामा आएको दाबी गरे ।

महाअभियोग प्रस्ताव संविधान संशोधनमा एमालेलाई हस्ताक्षर गराउने चालमात्रै भएको जिकिर गर्दै अध्यक्ष बिजुक्छेले भने ‘कार्कीविरुद्ध महाअभियोग प्रस्ताव ल्याएर संविधान संशोधनमा एमालेलाई सहमतिमा गराउने भारतले चलखेल गरेको र त्यसैको उपज महाअभियोग प्रस्ताव आएको हो, एमालेले प्रस्ताव ल्याएको होइन, त्यस्तो देखिएको मात्र हो ।’

महाअभियोग प्रकरणमा प्रमुख प्रतिपक्ष दल एमाले भारतले चालेको चेसको गोटी बनेको आरोप लगाउँदै उनले भारतले चाहेअनुसारको संविधान संशोधनका लागि संसद्मा दुई तिहाइ बहुमत पु¥याउन भारतले एमालेलाई फसाएको उनको तर्क थियो ।
अख्तियार प्रमुख कार्कीमात्र दोषी नभई अख्तियार प्रमुखमा लोकमानलाई ल्याउने मुख्य दलहरुसमेत दोषी भएको उनको भनाइ थियो । कार्यक्रममा भक्तपुर अदालतका जिल्ला न्यायाधीश लिप्तबहादुर थापा, प्रजिअ तेजप्रसाद पौडेल, प्रहरी उपरीक्षक किरण बज्राचार्यले सवारी दुर्घटना न्यूनीकरण गर्नलाई व्यवसायीले गम्भीर भएर चासो दिनुपर्ने औँल्याए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com