नेपाल–भारत बैठकमा गण्डक सम्झौताको विषय उठाइने


प्रकाशित मिति : कार्तिक १०, २०७३ बुधबार

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले भारतसँग हुने नेपाल-भारत संयुक्त आयोगको बैठकमा विगतमा भएका सन्धि सम्झौता कार्यान्वयन तथा गण्डक सम्झौताको विषयलाई प्राथमिकताका साथ उठाउने बताएका छन् ।

उनले भारतमा हुन लागेको आयोगको बैठकमा जानुअघि मङ्गलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गण्डक सम्झौता अनुसार नेपालले पाउनुपर्ने सिँचाइ सुविधा नपाएको विषय तथा हुलाकी सडक निर्माणको पूर्णतालगायतका विषय राख्ने बताएका हुन् ।

दुई देशका मन्त्रीहरूले नेतृत्व गर्ने आयोगको मन्त्रीस्तरीय बैठक बिहीबार नयाँ दिल्लीमा हुँदैछ । बैठकको पहिलो दिन (बुधबार) परराष्ट्र सचिवस्तरीय वार्ता हुनेछ । बैठकमा सहभागिताका लागि परराष्ट्र सचिव शङ्करदास बैरागी दिल्ली पुगिसकेका छन्। डा. महत बिहीबार बिहान त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

दुई देशबीचको सम्बन्धबारे निरन्तर छलफल संवाद गर्दै समृद्ध पार्ने उद्देश्यले स्थापित आयोगको करिब दुई दशकसम्म बैठक हुन सकेको थिएन । दुई वर्षअगाडि नेपालमा आयोगको बैठक गरेर २३ वर्षदेखि रोकिएको बैठक सुरु भएको थियो । आयोगमा दुई देशबीचको सम्बन्धमा देखा पर्ने सबै प्रकारका अप्ठ्याराबारे छलफल हुने गर्छ । बैठकमा दुई देशका गृह, वाणिज्य, ऊर्जा, परराष्ट्र, पर्यटन लगायतका मन्त्रालयका प्रतिनिधिहरूको समेत सहभागिता हुने गर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

परराष्ट्रमन्त्री महतले यो पटकको बैठकमा सडक सञ्जाल विस्तार, विगतमा भएका सहमति अनुसारका कामहरू भए नभएको र नभएको भने बाधा उत्पन्न किन भयो भन्ने जस्ता विषयमा कुरा राख्ने जानकारी दिएका छन्। अघिल्लो महिना भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भ्रमणका क्रममा विवादित विषयलाई आयोगमा छलफल गरेर टुङ्गो लगाउने सहमति भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com