न्युयोर्कका चर्चित कानुन व्यवसायी केशवराज सेडाईको ल अफिस ‘द ल अफिस अफ केशवराज सेडाई पीसी’ नयाँ लोकेशनमा सरेको छ । न्युयोर्कको टाइम्स स्क्वायर नजिकै २४६ वेष्ट ३८ स्ट्रीटको आठौं तल्लामा ल अफिस सारिएको कानुन व्यवसायी सेडाईले जानकारी दिनुभएको छ ।
यसअगाडि २९ स्ट्रीटमा संचालनमा रहेको ल अफिस पहिले भन्दा अझ प्राइम र सजिलो लोकेशनमा सरेको हो । टाइम्स स्क्वायर, ब्राइन्ट पार्क वा पार्ट अथोरिटी बस टर्मिनलमा जाने कुनै पनि ट्रेनमा चढेर उहाँको कार्यालयमा पुग्न सकिने भएको छ ।
यो ल अफिसमा अध्यागमन र भिसा सम्बन्धि कुनै पनि कानुनी समस्याको समाधान गरिदै आएको छ । १७ बर्ष भन्दा लामो समयसम्मको अनुभवको आधारमा उहाँको कानुनी कार्यालयले ५० हजार भन्दा धेरै ग्रिनकार्ड र भिसाका आवेदनहरु सफल बनाएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।