अमेरिकामा सिमाबाट छिर्ने कागजपत्रविहिन रोक्न सेना परिचालनको तयारी


प्रकाशित मिति : चैत्र २१, २०७४ बुधबार

गैरकानुनी रुपमा सिमा क्षेत्रबाट आप्रवासीहरु प्रवेश गर्ने क्रममा नियन्त्रण गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिमा क्षेत्रमा सेना परिचालन गर्ने प्रस्ताव अगाडि सारेका छन् । मुलुकको दक्षिणी सिमाबाट गैरकानुनी रुपमा आप्रवासीको प्रवेश रोक्न ट्रम्पले अमेरिका र मेक्सिकोको सिमाक्षेत्रमा अमेरिकी सेना परिचालनको प्रस्ताव अगाडि सारेका हुन् ।

अमेरिकी सेनाबाट अमेरिकी सिमाको सुरक्षा गर्न लागिएको र यो एउटा ठूलो कदम हुने ट्रम्पले बताएका छन् । मंगलबार ट्रम्पको भनाई आए लगत्तै डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका एकजना बरिष्ठ अधिकारीले सिमानामा सेना परिचालन गर्ने विषय छलफलकै क्रममा रहेको बताएका छन् ।

मंगलबार अबेर ह्वाइट हाउसले जारी गरेको एउटा वक्तब्यमा ट्रम्पले बरिष्ठ अधिकारीहरुसँग सिमानामा सेना परिचालन गर्ने विषयमा छलफल गरेको उल्लेख छ ।

विगतमा सन् २००६ देखि सन् २००८ सम्म अपरेशन जम्प स्टार्टका नाममा तत्कालिन राष्ट्रपति जर्ज बुसले ६ हजार सेनालाई सिमा सुरक्षाका लागि खटाएका थिए । पछि उक्त मिसनका लागि देशभर २९ हजार सैन्य कर्मचारीहरु खटाइएको थियो । त्यस्तै सन् २०१२ मा ओबामाले सिमा सुरक्षा बलसँगको सहकार्यमा सेना खटाएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com