यस्ता छन् हाइस्कुलको शिक्षा नभएपनि डिभी भर्न सकिने पेशाहरु


प्रकाशित मिति : आश्विन ३०, २०७३ आईतबार

 

हाइस्कुल स्तरको शिक्षा नभएपनि डिभी लोटरी भरेर अमेरिका जानका लागि योग्य हुनसक्ने जनाइएको छ । अमेरिकी सरकारले तोकेको काममा अनुभव भएमा शैक्षिक योग्यता नभएपनि डिभी लोटरीको लागि योग्य हुने प्रावधान रहेको छ ।

अमेरिकी सरकारले तोकेका जागिरहरुमा विगत पाँचबर्षभित्र दुईबर्षको अनुभव भएको व्यक्ति डिभी लोटरीका लागि योग्य हुने अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेटले जनाएको छ ।

अमेरिकी सरकारले डिभी लोटरीका लागि पहिलो योग्यताका रुपमा हाइस्कुल स्तर (१२ कक्षासम्म) को शिक्षा तोकेको छ । यदि हाइस्कुल स्तरको शिक्षा नभएको खण्डमा अमेरिकी सरकारले तोकेका कामममा दुईबर्षको अनुभव भएका व्यक्ति पनि डिभी लोटरीका लागि योग्य हुनेछन् ।

अमेरिकी सरकारले तोकेका एसभीपी ७ भन्दा माथि भएका र जोन ४ र ५ मा पर्ने जागिरहरुमा दुईबर्षको तालिम वा अनुभव भएको खण्डमा डिभी लोटरीका लागि शैक्षिक योग्यता नभएपनि योग्य हुनसक्ने प्रावधान रहेको छ ।

जसअनुशार हाइस्कुल स्तरको शिक्षा नभएको खण्डमा गायकहरु डिभी लोटरीका लागि योग्य हुँदैनन् तर कवि, गितकार साहित्यकार, लेखकहरु दुईबर्षको तालिम वा अनुभव भएको खण्डमा डिभी लोटरीका लागि योग्य हुन्छन् ।
दुईबर्षको अनुभव वा तालिम भएको खण्डमा सेक्युरिटी मेनेजर, होलसेल सेल्स रेप्रेजेन्टेटिभ, सेल्स मेनेजरहरु पनि योग्य हुन्छन् तर खुद्रा ब्यापारीहरु भने योग्य हुँदैनन् ।

त्यस्तै कला, डिजाइन, मनोरञ्जन, खेलकुद र संचारमाध्यममा कार्यक्रम निर्देशकहरु , पु्रफरिडरहरु, कला, डिजाइन, मनोरञ्जन, खेलकुद र संचारमाध्यममा कार्यक्रम प्रोड्युसरहरु, कला, डिजाइन, मनोरञ्जन, खेलकुद र संचारमाध्यममा संगितकारहरु पनि योग्य हुन्छन् तर मोडलहरु भने योग्य हुँदैनन् ।

लाइब्रेरियन, कला, नाटक, संगितका शिक्षक लगायतका पेशामा दुईबर्षको अनुभव र तालिम भएकाहरु पनि डिभी लोटरीका लागि योग्य हुन्छन् ।

तपाईको पेशा डिभी लोटरीका लागि योग्य भएनभएको जाँच गर्न यो लिंकमा क्लिक गर्न सक्नुहुनेछ ।

क्लिक गरिसकेपछि तपाईले आफ्नो पेशा छान्नुहोस् । त्यो पेशामा क्लिक गरेर हेर्दा यदि त्यो पेशा जब जोन ४ वा ५ मा परेमा र त्यसलाई एसभीपी ७ वा त्यो भन्दा माथि रेटिङ गरिएको भएमा त्यो काम डिभी लोटरीका लागि योग्य मानिन्छ ।

डिभी लोटरी भर्दा नियममा यसपटक दुईवटा ठूला परिवर्तनहरु गरिएको छ । पहिलो, आवेदकहरुले डिभीको लागि फोटो खिच्दा चस्मा लगाउन पाइने छैन । दोश्रो, डिभी लोटरीका आवेदकहरुले विगतका बर्षहरुमा प्रयोग गरेको भन्दा फरक तस्विर प्रयोग गर्नुपर्नेछ । यदि चस्मा लगाएको तस्विर हालेर डिभी भरेमा वा विगतका बर्षहरुमा प्रयोग गरेको तस्विर प्रयोग गरेमा आवेदनहरु डिभी लोटरीका लागि अयोग्य हुनसक्नेछन् ।

तपाईको तस्विर डिभी लोटरीका लागि योग्य भए नभएको जाँच्न यो लिंकमा क्लिक गर्नुहोला । 

त्यसपछि फोटो टुलमा क्लिक गरेर तपाईले आफ्नो फोटो अपलोड गरेर जाँच्न सक्नुहुनेछ ।

14568132_1099648596738865_2434947261352737075_n

यदि फोटो ठीक ठहरिएमा तपाईले यो लिंकमा क्लिक गरेर डिभी लोटरी फर्म भर्न सक्नुहुनेछ ।

डिभी लोटरी भर्ने मुख्य र आधिकारिक  वेवसाइटमा जान यहाँ क्लिक गर्नुहोला । 

screen-shot-2016-10-04-at-10-48-57-pm
इच्छुक आवेदकका लागि महत्त्वपूर्ण जानकारी

– आवेदन निशुल्क ।
-कन्सल्टेन्टको आवश्यकता नपर्ने ।
-फारम अनलाइन भर्नुपर्ने
-एक जनाका लागि एउटा आवेदन ।
-हालसालै खिचिएको फोटो ।
-आफ्नो कन्फर्मेसन नम्बरलाई अवश्य सेभ र प्रिन्ट गर्नुहोस् ।
-आफ्नो कन्फर्मेसन नम्बर कसैलाई पनि नदिनुहोस् ।
-तपाईँ डिभीका लागि छनोटमा पर्नुभयो कि भएन भनी निर्धारण गर्ने एउटा मात्र विधि भनेको सन् २०१७ को मे २ मा www.dvlottery.state.gov मा गई आफ्नो कन्फर्मेसन नम्बर प्रवेश गर्नु हो ।

14463311_1100542486649476_6957870033512319090_n

अमेरिकामा बस्ने नेपालीहरुले पनि डिभी लोटरीका लागि फर्म भर्न पाउने अमेरिकी सरकारले जारी गरेको निर्देशिकामा जनाइएको छ । यदि डिभी लोटरी पर्ने नेपाली संयुक्त राज्य अमेरिकामा भएमा त्यस्तो व्यक्तिले युएससीआईएससँग आफ्नो स्टेटस समायोजन गर्नुपर्छ । अध्यागमन तथा राष्ट्रियतासम्बन्धी ऐनको दफा २४५ को शर्तअनुसार जो व्यक्ति संयुक्त राज्य अमेरिकामा भौतिक रूपमा उपस्थित छन् उनीहरूले युएससीआईएसमा स्थायी बसोबासको लागि निवेदन दिन सक्छन् ।

युएससीआईएसलाई आफ्नो केसउपर कार्यवाही गर्नका लागि पर्याप्त समय दिनु पर्दछ ताकि उसले तपाईँको विदेशमा रहेको पति/ पत्नी वा २१ वर्ष मुनिका सन्तान लगायतको केसउपर आर्थिकबर्षभित्र नै सबै प्रक्रिया सम्पन्न गर्न सकोस् किनभने नयाँ आर्थिक बर्ष लाग्नासाथ जुन आर्थिक बर्षको डिभी कार्यक्रम हो, त्यसको अवधि समाप्त हुन्छ । कुनै पनि अवस्थामा सेप्टेम्बर ३० को मध्यरातपछि त्यो बर्षको डिभी कार्यक्रमको लागि भिसा नम्बर उपलब्ध नहुने जनाइएको छ ।

डिभी लोटरी भरेकाहरु गैरआप्रवासी भिसाका लागि अयोग्य !

डिभी लोटरी भरेका केही नेपालीलाई पर्यटक भिसा लगायतका गैर आप्रवासी भिसा उपलब्ध गराउँदा समेत भिसा अधिकृतले डिभी भरे नभरेको सोध्ने र भरेको भएमा अमेरिकामा बस्ने आसय रहेछ भन्दै भिसा दिन अस्वीकृत गर्ने गरेको समेत पाइएको छ । पहिले डिभी लोटरी भरेको व्यक्तिको अमेरिकामा बस्ने र स्वदेश नफर्कने आशय रहेको भन्दै अन्य गैरआप्रवासी भिसा अस्वीकार गर्दै पत्र थमाइदिने गरिदै आएतापनि अमेरिकी सरकारले भने आधिकारिक रुपमा यसलाई पुष्टी गर्दैन ।
अमेरिकी विदेशमन्त्रालयको भिसा कार्यालयका डाइरेक्टर सिन कुपरले खसोखाससँग कुराकानी गर्दै भने –‘डिभी लोटरीमा भाग लिएर डाइभर्सिटी भिसाका लागि अयोग्य हुनु र अमेरिकाका लागि अन्य गैर आप्रवासी भिसाका लागि आवेदन दिनुबीच कुनै सम्बन्ध हुँदैन । डिभी लोटरीमा भाग लिदैमा कुनै पनि व्यक्ति अन्य भिसाका लागि अयोग्य हुने भन्ने कुरै आउँदैन । त्यसैले डिभी लोटरीमा भाग लिएको कुनै पनि व्यक्तिले अन्य भिसाका लागि आवेदन दिन सक्छ । डिभी लोटरी भरेको वा डिभी परेर योग्यता पूरा गर्न नसक्दा अमेरिका आउन नसकेको व्यक्तिले पनि अमेरिकाको अन्य भिसाका लागि आवेदन दिन सक्छ र अमेरिका आउन सक्छ ।’

यो पनि पढ्न नछुटाउनुहोला

सन् २०१७ का डिभी विजेताको भिसा सुरु, ५ सय नेपाली अमेरिका आउन नपाउने 

नेपालबाट ४० लाख भन्दा धेरै डिभीका आवेदन, ६० लाख भन्दा धेरै सहभागी

 डिभी लोटरी  भर्ने सही तरिका

२०१६ का लागि डिभी जित्नेको भिसा समाप्त, झण्डै ३ सय नेपालीले पाएनन् भिसा

नेपाल डिभीकै लागि अयोग्य होला ?

विगत ५ वर्षमा ५० हजार भन्दा धेरै व्यक्ति कुनै पनि देशबाट आप्रवासी भिसामा अमेरिकामा आएका छन् भने त्यो देशका व्यक्ति डिभी कार्यक्रममा सहभागी हुन नपाउने प्रावधान रहेको छ । नेपालका छिमेकी मुलुकहरु भारत र बंगालादेशबाट विगत ५ वर्षमा ५० हजार भन्दा धेरै व्यक्ति आप्रवासी भिसामा अमेरिका आइसकेकाले ति देशका नागरिकहरु डिभी कार्यक्रममा सहभागी हुन पाउँदैनन् ।

तर पारिवारिक स्पोन्सर, रोजगारका आधारमा वा अमेरिकी नागरिकका नजिकका आफन्त भएको आधारमा अमेरिकामा स्थायी बसोबासका लागि आउनेहरुमात्र यो ५० हजारभित्र पर्छन् । रिफ्युजीहरु , एसाइलम गर्नेहरु वा ५ वर्षभन्दा अगाडि आएर बसोबास गरिरहेकाहरु भने यो ५० हजारभित्र पर्दैनन् । नेपालको अवस्था हेर्दा सन् २०१० देखि सन् २०१४ सम्मको ५ वर्षको अवधिमा एसाइलम गर्नेहरु र रिफ्युजीबाहेक झण्डै २० हजार नेपालीहरुमात्र आप्रवासी भिसामा अमेरिकामा आएका छन् । त्यसैले तत्काल ५० हजारको मापदण्डको आधारमा हेर्दा नेपाल डिभी लोटरीकै लागि तत्काल अयोग्य हुने अवस्था भने देखिन्न ।

डिभी लोटरीबारे महत्वपूर्ण जानकारीहरु

यदि तपाई डिभी लोटरीमा सहभागी हुन योग्य नरहेको देशमा जन्मनुभएको भएपनि केही परिस्थीतिका कारण डिभी लोटरीका लागि आवेदन दिन योग्य हुन सक्नुहुन्छ । यदि तपाईको दम्पत्ति डिभी लोटरीमा सहभागी हुन योग्य देशमा जन्मनुभएको छ भने तपाईले आफूलाई त्यो देशको तर्फबाट डिभी लोटरीमा सहभागी गराउनसक्नु हुनेछ । तर तपाईको योग्यता तपाईको दम्पत्तिमा आधारित हुनेछ । यदि तपाईको दम्पत्ति डिभी २ भिसाका लागि योग्य भएमा मात्र तपाईले डिभी १ भिसा पाउनुहुनेछ । अनि तपाईहरु दुबैजना एकैपटक अमेरिका प्रवेश गर्नुपर्नेछ । त्यसैगरी तपाईका २१ वर्ष मुनीका छोराछोरीहरु पनि अमेरिका आउन पाउनेछन् ।

अमेरिकामा धेरै व्यक्ति नआएका देशहरुबाट त्यो देशका व्यक्तिलाई अमेरिका आउने अवशर प्रदान गर्नका लागि डिभी लक्ष्यित रहेको हुन्छ । त्यसैले विगतका ५ वर्षमा परिवारको स्पोन्सर र रोजगारका आधारमा कुनै पनि देशबाट ५० हजार भन्दा बढी व्यक्ति अमेरिकामा आएका छन् भने त्यो देशका व्यक्ति डिभी लोटरीका लागि अयोग्य हुन्छन् । हरेक वर्ष अमेरिकाले ५ वर्षमा कुन देशबाट कति व्यक्ति अमेरिकामा आए भन्ने कुराको रुजु गर्छ । त्यसैले यो वर्ष डिभी लोटरीका लागि योग्य देश अर्को वर्ष अयोग्य हुनसक्छ ।

अमेरिकाले हरेकवर्ष डिभीबाट कति व्यक्ति अमेरिका आउन पाउने भन्ने कुराको निर्धारण गर्छ । गणना पूर्ण भइसकेपछि अमेरिको सरकारी निकायले त्यस्तो नम्बरको घोषणा गर्छ । तर कुनै पनि देशबाट कुल संख्याको ७ प्रतिशतभन्दा बढी व्यक्ति डाइभर्सिटी भिसामा अमेरिका आउन नपाउने नियम रहेको छ । डिभी लोटरीमा सहभागी हुनका लागि हाइस्कुल वा सो सरहको शैक्षिक योग्यता हुन आवश्यक छ । १२ वर्षसम्मको कोर्श पुरा गरेकोलाई त्यो शैक्षिक मान्यता प्रदान गरिदै आएको छ । तर अमेरिकी सरकारको श्रम विभागले तोकेका पेशामा आवद्ध रहेर ५ वर्षको अनुभव बटुलेका व्यक्ति भने शैक्षिक योग्यता नभएपनि डिभी लोटरीमा सहभागी हुन पाउँछन् ।

महत्वपूर्ण प्रश्नउत्तर

“नेटिभ” र “चार्जेबिलिटी” भन्नाले के बुझिन्छ ?
नेटिभ भनेको कुनै निश्चित देशमा जन्मिएको मानिस हो र ऊ अहिले कुन देशमा बसोबास गरिरहेको छ वा अहिले कुन देशको नागरिकता लिएको छ भन्ने कुराले यसमा सरोकार राख्दैन । नेटिभ भन्नाले इमिग्रेसन एण्ड नेसनलिटी एक्ट को सेक्सन २०२ (बी) अर्थात् अमेरिकाको आप्रवासन तथा राष्ट्रियतासम्बन्धी ऐनको दफा २०२ (बी) अनुसार आपूm जन्मिएको देशबाहेक अन्य देशबाट पनि दाबी गर्नसक्ने व्यक्ति भन्ने बुझिन्छ । कुनै पनि देश वा भौगोलिक क्षेत्रबाट आप्रवासन गर्ने आप्रवासीहरूमाथि सङ्ख्यात्मक सीमितता लगाइने भएकोले हरेक व्यक्तिलाई कुनै एक देशमा चार्ज गरिन्छ ।

तपाईँको चार्जेबिलिटी तपाईँले छनोट गर्ने देश हो । सामान्यतया, तपाईँ जन्मिएको देश नै तपाईँको लागि डिभीको लागि योग्यता प्राप्त देश हुनेछ । तथापि, तपाईँले आफ्नो योग्यताप्राप्त देशका रूपमा आफ्ना पति÷पत्नीको जन्म देशलाई रोज्नसक्नुहुन्छ । यदि तपाईँको जन्म तपाईँका बाबु वा आमा नजन्मेको देशमा भएको हो भने र तपाईँको जन्म हुँदा त्यस देशमा तपाईँका बाबु वा आमाको वैध बसोबास थिएन भने तपाईँले आफ्नो योग्यताप्राप्त देशका रूपमा आफ्ना बाबु वा आमाको जन्मदेशलाई रोज्नसक्नुहुन्छ । आफ्नो चार्जेबिलिटीको देश रोज्नका लागि तीन ओटा मात्र तरिका छन् । तपाईँले योग्यता वा दावी मा गलत देश उल्लेख गरेको अवस्थामा तपाईँको आवेदन रद्द हुन सक्नेछ ।

यदि कोही व्यक्ति योग्यताप्राप्त देशमा जन्मिएको होइन भने पनि आवेदन हाल्न सक्छ ?
तपाईँ दुई अवस्थामा डिभीको लागि आवेदन हाल्न योग्य हुन सक्नुहुन्छ । पहिलो, यदि तपाईँको पति/पत्नी योग्यताप्राप्त देशमा जन्मिनुभएको हो भने तपाईँउक्त देशको चार्जेबिलिटी दाबी गर्न सक्नुहुन्छ । यस्तो अवस्थामा तपाईँको योग्यता तपाईँको पति/पत्नीमा भर पर्ने हुँदा उहाँ पनि डिभी–२ का लागि योग्य नभइकन र यो भिसा उहाँले प्राप्त नगरिकन तपाईँ यो भिसाको लागि योग्य हुन वा प्राप्त गर्न सक्नुहुनेछैन ।

तपाईँहरू दुबैले डिभीसहित एकैसाथ अमेरिका प्रवेश गर्नुपर्नेछ । यसैगरी आश्रित सन्तान पनि आफ्ना आमाबाबुजन्मेको देशका आधारमा योग्य हुनसक्छन्। दोस्रो, तपाईँआफ्नो आमा अथवा बुबा जन्मेको देशका आधारमा दावीका लागि योग्य हुन सक्नुहुनेछ । तर यसका लागि तपाईँजन्मेका बखत उहाँहरूमध्ये कोही पनि कार्यक्रमका लागि अयोग्य देशको बासिन्दा भएको हुनुहुँदैन । सामान्यतया, मानिसहरूलाई उनीहरू नजन्मिएको वा कानुनी रूपमा अङ्गीकृत नागरिक नभएको देशका बासिन्दा मानिँदैन । उनीहरूले भ्रमण गर्दै गरेको, अस्थायी रूपमा अध्ययन गर्दै गरेको, र  जन्मिएको बाहेक अरू देशको सरकार वा कम्पनीका लागि कार्य गर्ने क्रममा अस्थायी रूपमा बसोबास गरिरहेको देशलाई उनीहरूको बसोबासको देश मान्न सकिँदैन । तपाईँले योग्यता वा दावी मा गलत देश उल्लेख गरेको अवस्थामा तपाईँको आवेदन रद्द हुन सक्नेछ ।

कुनै देशका नागरिक (नेटिभ) हरू किन डिभी कार्यक्रमका लागि योग्य हुँदैनन् ?

डिभी कार्यक्रमको उद्देश्य भनेको ऐतिहासिक रूपमा धेरै सङ्ख्यामा अमेरिकामा बसाइँसर्दै आएका देशबाट भन्दा अन्य देशका नागरिकलाई आप्रवासनको मौका उपलब्ध गराउनु हो । अमेरिकी कानुन अनुसार विगत पाँच वर्षमा कुनै देशबाट ५०,००० मानिसले पारिवारिक वा रोजगारीका कारण अमेरिकाको आप्रवासी भिसा पाइसकेका छन्भने त्यस्तो देश यस कार्यक्रममा सहभागी हुन पाउने छैन । हरेक वर्ष अमेरिकी नागरिक तथा आप्रवासी सेवाले यसरी पारिवारिक वा रोजगारीका कारण अमेरिका बसाइँसर्ने मानिसको तथ्याङ्क अद्यावधिक गर्ने गर्छ, जसबाट वार्षिक डिभी कार्यक्रमका लागि अयोग्य हुने देशको निक्र्यौल हुने गर्दछ । हरेक वर्ष यस तथ्याङ्कमा फेरबदल हुने कारणले हरेक वर्षको डिभी कार्यक्रमका लागि योग्य देशको सूची परिवर्तन हुने गर्दछ ।

कुनै पनि क्षेत्र र योग्यताप्राप्त देशका नेटिभहरूलाई कति वटा डिभी–२०१८ भिसा जारी गरिनेछ ?

अमेरिकी नागरिक तथा आप्रवासी सेवाले इमिग्रेशन एण्ड नेशनिलिटी एक्टको दफा २०३ (सी) मा उल्लिखित गणितीय सूत्र बमोजिम हरेक वर्ष कुन क्षेत्रमा कति डिभी जारी गर्ने भन्ने कुराको निर्धारण गर्ने गर्छ । अन्त्यमा गएर कुनै पनि देशको नेटिभलाई भिसा जारी गरिने सङ्ख्या कुनै पनि क्षेत्रमा कति भिसा जारी गर्ने भन्ने कुराको निर्धारण भएपछि हुन्छ र साथै कुन देशबाट कति आवेदन प¥यो र छनोट भएका आवेदकमध्ये कति जना भिसाका लागि योग्य छन्भन्नेमा भर पर्दछ । कुनै पनि एक देशका नेटिभलाई जम्मा उपलब्ध भिसाको सात प्रतिशतभन्दा बढी भिसा जारी गरिने छैन ।

शिक्षा वा कार्यानुभवसम्बन्धी आवश्यकता के–के हुन् ?
आप्रवासनसम्बन्धी अमेरिकी कानुन र नियम अनुसार हरेक डाइभर्सिटी भिसाका आवेदकसँग कम्तीमा माध्यमिक विद्यालयस्तरको शिक्षा वा त्यसको समानार्थ शिक्षा वा विगत पाँच वर्षमा दुई वर्षको कामको अनुभव हुनुपर्दछ – त्यस्तो काम जसको लागि कम्तीमा दुई वर्षको तालिम वा अनुभव आवश्यक पर्दछ । “माध्यमिक तहको शिक्षा वा त्यसको समानार्थ शिक्षा” को अर्थ संयुक्त राज्य अमेरिकामा सफल रूपमा बाह्र वर्षे प्राथमिक र माध्यमिक शिक्षा हासिल गरेको वा संयुक्त राज्य अमेरिकाको माध्यमिक विद्यालय स्तरको शिक्षा सरहको औपचारिक प्राथमिक तथा माध्यमिक शिक्षा कुनै अन्य देशमा सफलताका साथ पूरा गरेकोलाई मानिनेछ ।

केवल औपचारिक पाठ्यक्रमलाई मात्र मान्यता दिइनेछ । पत्राचार पाठ्यक्रम वा समकक्षताकोप्रमाणपत्र (जस्तै जेनेरल इक्विभ्यालेन्सी डिप्लोमा (जीईडी)) लाई मान्यता दिइनेछैन । शिक्षा वा कामको अनुभवको कागजीय प्रमाण भिसा अन्तर्वार्ताका बेला कन्सुलर अधिकृतसमक्ष प्रस्तुत गर्नुपर्नेछ ।

डिभी कार्यक्रममा आवेदन गर्नका लागि कुनै न्यूनतम उमेर राखिएको छ ?

आवेदन गर्नका लागि न्यूनतम उमेर तोकिएको छैन तर प्रत्येक प्राथमिक आवेदकले आवेदनका बेला उच्च माध्यमिक शिक्षा पूरा गरिसकेको वा कामको अनुभव हासिल गरेको हुनुपर्ने भएकोले १८ वर्ष मुनिका आवेदकहरू प्रायः अयोग्य हुनेगर्छन् ।
दर्ता अवधिमा कति पटक आवेदन हाल्न सकिन्छ ?

कानुन अनुसार एक व्यक्तिले एक वर्षको आवेदन अवधिमा एकै पटक मात्र आवेदन हाल्न पाउँछ । अमेरिकी विदेश मन्त्रालयले एकभन्दा बढी आवेदन परे नपरेको विशेष प्रविधिको प्रयोग गरी पत्ता लगाउँछ । एकभन्दा बढी आवेदन हाल्ने व्यक्तिहरू डिभीका लागि अयोग्य हुनेछन् ।

के आफू र पति/पत्नीले छुट्टाछुट्टै आवेदन भर्न सकिन्छ ?

सकिन्छ । श्रीमान् र श्रीमती दुबै आवेदनका लागि योग्य छन्भने उनीहरूले अलगअलग आवेदन दिन पाउँछन् । उनीहरूमध्ये जो छानिए पनि अर्कोले आश्रितको रूपमा भिसाको लागि आवेदन गर्न पाउँछ ।

अर्कै वर्गको आप्रवासी भिसाका लागि आवेदन दिइसकेको व्यक्तिले डिभी कार्यक्रमका लागि पनि आवेदन गर्नसक्छ ?

अर्कै वर्गको आप्रवासी भिसाका लागि आवेदन दिइसकेको व्यक्तिले डिभी कार्यक्रमका लागि पनि आवेदन गर्नसक्छ ।

यदि ई–डिभी फारमसँगै भरेको डिजिटल फोटोको तोकिए अनुरूपको विवरण मिलेन भने डिभी प्रणालीले स्वतः फारम रद्द गर्दछ । त्यस्तो अवस्थामा के गर्ने ?

तपाईँको फाटो(हरूले) तोकिए अनुरूपको मापदण्ड पूरा नगरेको खण्डमा ई–डिभीको वेबसाइटले तिनलाई स्वीकार गर्दैन र तपाईँले कन्फर्मेशन नोटिस वा फोटो स्वीकार भएको सूचना प्राप्त गर्नुहुने छैन । तर कहिलेकाहीँ इन्टरनेटको खराबीको कारण तपाईँले आफ्नो फोटो अस्वीकार भएको सूचना उत्ति नै खेर नपाउन सक्नुहुन्छ । यदि तपाईँले फोटोलाई सच्याई फारमको भाग एक र दुई ६० मिनेटभित्र पुनः बुझाउनुभयो भने तपाईँको आवेदन सफलतापूर्वक दर्ता हुनसक्छ । नत्र तपाईले आवेदन दर्ता प्रक्रिया पुनः शुरुदेखि नै थाल्नुपर्दछ । एक आवेदकले पूर्ण रूपमा फारम भरेपछि जबसम्म कम्फर्मेशन प्राप्त गर्दैन त्यति बेलासम्म जति पटकसम्म पनि फारम भरेर पठाउन सक्नेछ । तपाईँले कन्फर्मेशन नोटिस प्राप्त गर्नुभयो भने तपाईँको आवेदन दर्ता भएको बुझ्नुपर्दछ । त्यसपछि चाहिँ थप आवेदन नबुझाउनुहोला ।

डिभी कार्यक्रमबाट भिसा पाउन सफल व्यक्तिलाई अमेरिकी सरकारले अमेरिका जाने हवाई टिकट, घर वा जागिर खोज्न सहयोग, स्वास्थ्य सुविधा, वा अमेरिकामा पूर्ण व्यवस्थित नभइञ्जेलसम्मका लागि केही खर्चको व्यवस्था गर्नेछ ?

गर्ने छैन । तपाईँले डिभी कार्यक्रममार्फत भिसा प्राप्त गर्नुभयो भने अमेरिकी सरकारले तपाईँलाई माथि उल्लिखित कुनै पनि सेवाहरू उपलब्ध गराउँदैन । यदि तपाईँ डिभी कार्यक्रमद्वारा भिसाको आवेदनका लागि छानिनुभयो भने भिसा जारी गरिनुभन्दा पहिला तपाईँलेआपूm अमेरिकामा सार्वजनिक भार हुनुहुनेछैन भनेर प्रदर्शन गर्नुपर्नेछ । यस्तो प्रमाण भनेको तपाईँको व्यक्तिगत सम्पत्ति, अमेरिकामा बस्ने तपाईँको कोही आफन्त वा साथीले भरिदिएको फारम वा अमेरिकास्थित कुनै रोजगारदाताले रोजगारीको प्रस्ताव आदि हुन सक्छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com