द्विदलीय अध्यागमन बिल ट्रम्पबाट अस्वीकार
प्रकाशित मिति : माघ २३, २०७४ मंगलबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रिपब्लिकन सिनेटर जोन क्याकेन र डेमोक्रेटिक सिनेटर क्रिस कुन्सले अगाडि सारेको द्विदलीय अध्यागमन बिल अस्वीकार गरेका छन् ।
डाकाबाट संरक्षित बाल्यकालमा अमेरिका आएका कागजपत्रविहिनलाई के गर्ने भन्ने विषयमा समाधान निकाल्ने डेडलाइन नजिकिदै गर्दा डाका सम्बन्धि बिल ट्रम्पले अस्वीकार गरेका हुन् । बिलमा बाल्यकालमा अमेरिका आएका कागजपत्रविहिनलाई स्थायीरुपमा कानुनी हैसियत प्रदान गर्ने बिषय उल्लेख गरिएपनि सिमा सुरक्षाबारे पनि कुनै विषय समावेश छैन । साथै डिभी लोटरी र चेन माइग्रेशनबारे पनि बिलमा कुनै विषय समेटिएको छैन ।
ट्रम्पले यस्तो ल्याउनु समयको बर्बादीमात्र भएको बताएका छन् । सिमा सुरक्षा र पर्खालको विषयलाई नसमेटिएको डाका सम्बन्धि कुनै पनि बिल ल्याउनु समयको बर्बादीमात्र रहेको ट्रम्पले बताएका छन् । डाकाबारे समाधानका लागि मार्च ५ को डेडलाइन नजिकिदै गरेकाले यसबारे उपयुक्त निचोडमा पुग्न ट्रम्पले आब्हान समेत गरेका छन् ।
डाकाबारे कुनै समाधान हुन नसकेमा शुक्रबार विहानदेखि पुन अमेरिकी सरकार शटडाउन हुन सक्नेछ । त्यो भन्दा अस्थायी अगाडि खर्च विधयेक पारित नभएमा यो एकैबर्षको दोश्रो शटडाउन हुनेछ ।






