देउवाका अनुसार बिकास यसरी हुन्छ 


प्रकाशित मिति : आश्विन १६, २०७३ आईतबार

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बुद्ध र महात्मा गान्धीले देखाएको बाटोमा अगाडि बढेमा मात्र देश विकास हुने बताएका छन् । तक्षशीला एकेडेमीले अन्तर्राष्ट्रिय अहिंसा दिवसका अवसरमा अाइतबार आयोजना गरेको कार्यक्रममा सभापति देउवाले महात्मा गान्धीले अहिंसात्मक आन्दोलनबाट अङ्ग्रेजको प्रभावलाई रोक्न सकेको बताएका हुन् । उनले भने, ‘अझैपनि विश्वका कतिपय मुलुकमा हिंसात्मक आन्दोलन चलिरहेको छ । त्यसलाई रोक्नु जरुरी छ ।’ पूर्व प्रधानमन्त्री देउवाले विश्वलाई शान्तिको सन्देश दिन सकेका कारण गान्धी अन्तर्राष्ट्रिय व्यक्ति बनेको बताए।

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले सुखी समाज निर्माणका लागि अहिंसालाई अङ्गिकार गर्न जरुरी रहेको बताए । उनले भने – स्वतन्त्रता, समानता र बान्धुत्व लोकतन्त्रको आधार हुन् । तीनै कुरालाई आत्मसात् गर्न सकिए मात्र मुलुकमा स्थायी शान्ति कायम हुन्छ । नेकपा (माओवादी केन्द्र)का नेता एवम् पूर्वमन्त्री दिनानाथ शर्माले मानव–मानवबीच रहेको भेदभाव नै हिंसा हो भने । भारतीय राजदूतावासका डेपुटी चिफ अफ मिसन विनयकुमारले अहिंसात्मक आन्दोलनलाई अगाडि बढाएका कारण गान्धी भारतको मात्र नेता नभई विश्वकै नेता बन्नसकेको बताए ।

एकेडेमीका प्राचार्य एवम् पूर्वराजदूत प्रा डा जयराज आचार्यले सन् १९०७ मा भएको राष्ट्रसङ्घ महासभाले सर्वसम्मत रुपमा अक्टोबर २ लाई विश्व अहिंसा दिवस मनाउने निर्णयअनुसार अन्तर्राष्ट्रिय अहिंसा दिवस मनाउन थालिएको बताए ।एकेडेमीले सन् २००८ देखि नेपालमा अहिंसा दिवस मनाउँदै छ ।

‘गान्धीको असाधारण नेतृत्व’ सार्वजनिक

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘गान्धीको असाधारण नेतृत्व’ नामक पुस्तकको नेपाली संस्करणको अाइतबार सार्वजनिक गरिएको छ । भारतीय कुटनीतिज्ञ पास्कल एलेन नजारथले लेखेका उक्त पुस्तकमा सत्य र अहिंसावादी भारतीय नेता महात्मा गान्धीको असाधारण नेतृत्व, उनको सङ्घर्षशील जीवन र भोगाइलाई समेटिएको छ । भारतको सर्वोदय इन्टरनेसनल ट्रस्टले प्रकाशनमा ल्याएको उक्त पुस्तकको नेपाली अनुवाद कर्णप्रखर धितालले र सम्पादन किशोर नेपालले गरेका हुन् । पुस्तकको मूल्य रु ४०० रहेको छ ।

गान्धी जयन्तीका अवसरमा अाइतबार आयोजित एक कार्यक्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले पुस्तकको लोकार्पण गर्दै परिवर्तनका लागि हिंसा र हतियार हैन सत्य र शान्तिपूर्ण बाटो नै उपयुक्त हुने गान्धीले दिएको स्मरण गरे । नेपालका लागि भारतका राजदूत रणजित रायले सत्य र अहिंसावादी आन्दोलनका प्रतिमूर्ति गान्धी भारतका लागि मात्र नभई विश्वकै उदाहरणीय व्यक्तित्व भएको बताए । पुस्तकका लेखक नजारथले गान्धी अहिंसा मात्र हैन सत्यका पनि पुजारी थिए भन्ने पक्षलाई पुस्तकले उजागर गर्न खोजेको बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com