भारत र पाकिस्तानबीच युद्ध होला ?


प्रकाशित मिति : आश्विन ७, २०७३ शुक्रबार

कश्मिरको उरीमा यसै साता हतियारधारी आक्रमणकारीहरूले भारतीय सैन्य क्याम्पमा आक्रमण गरी १८ सैनिकको हत्या गरेपछि भारत र पाकिस्तानबीचको तनाव बढ्दो छ । भारतीय सेनाले यो आक्रमणमा संलग्न लडाकुहरूका हातहतियारमा पाकिस्तानी चिह्न भेटिएको बताएको छ ।

भारतमा यो आक्रमणको कठोर जवाफ फर्काउनका लागि दबाब बढिरहेको छ भने पाकिस्तानले आक्रमणमा आफ्नो कुनै भूमिका नरहेको स्पष्टिकरण दिएको छ ।यी दुई आणविक राष्ट्रले बीसौं शताब्दीमा चारवटा युद्ध लडेका भएपनि एक्काईसौं शताब्दीमा भने तुलनात्मक रूपमा शान्तिपूर्ण व्यवहार नै प्रदर्शन गरेका छन् । तर उरीको आक्रमणपछि भने दुवैतर्फ युद्धका आह्वानहरू सुनिन थालेका छन् ।

भारतीय गृहमन्त्री राजनाथ सिंहले ट्विट गर्दै पाकिस्तान आतंकवादी राज्य भएको र यसलाई यसैगरी चिन्नुपर्ने अनि अलग्याउनुपर्ने बताएका छन् । त्यस्तै, सत्तारूढ भारतीय जनता पार्टीका महासचिव राम माधवले फेसबुकमा लेखेका छन्, ‘एउटा दाँतका विरुद्ध पूरै बंगारा’ । यसको अर्थ लाग्छ, कठोर प्रत्याक्रमण ।

भारतीय टेलिभिजन च्यानलहरूले अहिले पाकिस्तानसँग युद्ध हुनुपर्ने उद्घोष गरिरहेका छन् । सर्वाधिक हेरिने टिभी शोका सञ्चालक अर्णव गोस्वामीले पाकिस्तानविरुद्ध विषवमन गर्दै भने, ‘हामीले तिनीहरूलाई अपाङ्ग बनाउनुपर्छ, घुँडामा टेकाउनुपर्छ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर प्रश्न उठ्छ, ‘आणविक हतियार भएका दुवै राष्ट्र युद्धमा जालान् ?’ भारतका सेवानिवृत्त मेजर जनरल जिडी बक्शी भन्छन्, ‘पाकिस्तान भारतको तुलनामा एक–पाँचौं आकारको छ । हामीले आणविक हतियार प्रयोग ग—यौं भने पाकिस्तानी सेना धेरै जन्माउने उसको पञ्जाब प्रान्त नै ध्वस्त बनाइदिन्छौं । त्यसो हुँदा त्यहाँ आठ सय वर्षसम्म कुनै फसल उम्रिनेछैन ।’

उता पाकिस्तानले पनि कडा प्रतिक्रिया जनाएको छ । पाकिस्तानी प्रधानमन्त्रीका विदेश सल्लाहकार सरताज अजिजले एक वक्तव्य जारी गर्दै ‘भारतको मोदी सरकारका वरिष्ठ अधिकारीले लगाएका आधारहीन र गैरजिम्मेवार आरोपलाई अस्विकार गर्दछ,’ भनेका छन् ।

पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ताले ‘भारतले कश्मिरमा गरेको दमनबाट संसारको ध्यान मोड्नका लागि यो हत्कण्डा अपनाएको’ टिप्पणी गरे । दुई देशबीचको तिक्तता बढ्दै जाँदा अमेरिकाको न्युयोर्कमा भइरहेको संयुक्त राष्ट्रसंघको साधारणसभामा भएको एक प्रेस ब्रिफिङमा पाकिस्तानी विदेश सचिवले भारतीय पत्रकारलाई बाहिर जान निर्देशन दिएका थिए ।

तर पूर्व भारतीय सैनिक कर्णेल अजय शुक्ला जनताको तहबाट युद्धको आह्वान भएपनि सरकारले नै चाहिँ युद्ध घोषणा गर्न नसक्ने बताउँछन् । ‘पाकिस्तानसँग संसारको ११औं ठूलो सैन्यशक्ति छ, त्यसैले उसलाई कम आँक्न मिल्दैन,’ शुक्लाले भने ।

तर सरकारकै केही अधिकारीले प्रत्याक्रमणको कुरा उठाएकाले मोदी सरकारले इज्जत बचाउनकै लागि भएपनि आक्रमण गर्नसक्ने चाहिँ देखिन्छ । यद्यपि, विगत केही वर्षयता भारतमा पाकिस्तानविरुद्ध युद्ध गर्नुपर्ने आवाज उठेपनि सरकारले कदम नचालेकाले युद्ध नहुने सम्भावना प्रबल देखिन्छ ।

यही सोमवार अमेरिकी सर्वेक्षण संस्था ‘पिउ रिसर्च सेन्टर’ले गरेको एक मतसर्वेक्षण परिणाम अनुसार ८१ प्रतिशत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका बारेमा सकारात्मक विचार राख्छन् अनि ६१ प्रतिशतले उनले आतंकवादविरुद्ध गरेको कदमलाई समर्थन गर्छन् ।

त्यसैगरी ७३ प्रतिशत भारतीयले पाकिस्तानका विरुद्ध नकारात्मक सोच राख्छन् भने ५६ प्रतिशतले दुई देशको तनाव घटाउन वार्ता गर्नुपर्ने बताउँछन् । मोदीले सामाजिक सञ्जालमा उठेको युद्धउन्मादी आवाज सुन्लान् कि सुझबुझपूर्ण कूटनीति अँगाल्लान् हेर्नैपर्ने हुन्छ ।

सिएनएन/लोकान्तर

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com