कुकुर कुट्ने पूर्व अमेरिकी सेनालाई देशनिकालाको १५ बर्षपछि अमेरिका फर्कन अनुमति


प्रकाशित मिति : पुस ५, २०७४ बुधबार

कुकुरलाई कुटेर अपांग बनाएको अभियोगमा सजायपछि अमेरिकाबाट देशनिकाला गरिएका पूर्व अमेरिकी जलसेना लाई १५ बर्षपछि अमेरिका आउने अनुमति दिइएको छ । पूर्व अमेरिकी जलसेना मार्को चाभेजलाई अपराधको अभियोगमा देशनिकाला गरिएको थियो भने उनी मेक्सिकोमा बस्दै आएका थिए । क्यालिफोर्नियाका गभर्नर जेरी ब्राउनले गत अप्रिलमा माफी दिएका ३ जनामध्येका एक उनी अर्कोसाता क्यालिफोर्निया फर्कने भएका छन् । माफी पछि चाभेजको ग्रिनकार्ड पुनबर्हाली गरिएको छ । अब उनी मेक्सिकोबाट अमेरिकामा रहेको आफ्नो परिवारलाई भेट्न आउने भएका छन् ।

४५ बर्षका चाभेजलाई ३० बर्षको उमेरमा जनावरमाथी निर्दयी भएको अभियोगमा सजाय दिएर देशनिकाला गरिएको थियो । अमेरिकी सेनामा जागिरका लागि अमेरिकी नागरिकता आवश्यक पर्दैन, ग्रिनकार्ड भए पुग्छ । तर अरु ग्रिनकार्डभएकाहरुजस्तै अपराध गरेको खण्डमा अमेरिकामा पूर्व अमेरिकी सेनाहरु पनि देशनिकाला हुनसक्छन् । अमेरिकी सरकारले देशनिकाला गरिएका पूर्व सेनाको विवरण उपलब्ध नगराएपनि अमेरिकन सिभिल लिबर्टी युनियनले झण्डै २ सय यस्ता केसहरुको विवरण राखेको छ । क्यालिफोर्नियाका पूर्व एसेम्ब्लीम्यान नाथन फेचरले सुरु गरेको अधिकारवादी समुहले अमेरिकी सेनाबाट सम्मानपूर्वक रिटायर्ड भएका तर देशनिकालामा परेकाहरुलाई माफी दिलाउन पहल गरेको थियो । चाभेज पहिलो पूर्व अमेरिकी सेना हुन्, जसलाई देशनिकालापछि अमेरिका फर्कन अनुमति दिइएको छ ।

गभर्नरले ४० बर्षका हेक्टर बराजस र ४७ बर्षका एरास्मो अपोड्कालाई पनि क्षमादान दिएका छन् । उनीहरुको आवेदन स्वीकृत भएपछि अमेरिका आएर उनीहरुले अमेरिकी नागरिकताका लागि समेत आवेदन दिन सक्नेछन् ।

चाभेजलाई उनका बाबुआमाले जब उनी १ बर्षका थिए, त्यतीबेला अमेरिका ल्याएका थिए । त्यसपछि उनी लस एन्जलसमा हुर्केका थिए । उनले अमेरिकी जलसेनामा ४ बर्षसम्म सेवा गरेका थिए । सन् १९९८ मा कुकुरलाई अपांग बनाएको अभियोगमा उनलाई दोषी ठहराइएको थियो । १० महिना जेलमा बिताएका उनलाई सन् २००२ मा अमेरिकाबाट देशनिकाला गरिएको थियो । क्षमादान स्वीकृत भएपछि अध्यागमन न्यायाधिसले उनको ग्रिनकार्ड पुनबहालीको फैसला गरेका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com