‘डिभीमा अमेरिका आउनेहरु रद्दीको टोकरीबाट निकालिकाहरु’ – ट्रम्प


प्रकाशित मिति : पुस ३, २०७४ सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिभी लोटरीबाट अमेरिका आउनेहरु रद्दीको टोकरीबाट निकालिएकाहरु र खराबमध्येका खराबहरु रहेको बताएका छन् । एफबीआई नेशनल एकेडेमीको ग्रयाजुएसन सेरेमोनीमा बोल्दै ट्रम्पले डिभी परेर आउनेहरुबिरुद्ध घृणा ओकेलेका हुन् ।

विगत ५ बर्षमा डिभी लोटरीमार्फत अमेरिका आउनेमा पहिलो नम्बरमा नेपालीहरु रहेका छन् । सन् २०१२ देखि २०१७ सम्मको अवधिमा १६ हजार ७ सय ५५ जना नेपालीहरुले डिभी लोटरीमार्फत अमेरिकी भिसा पाएका छन् । आर्थिक बर्ष सन् २०१७ मा ३४५१ जना डिभी परेका नेपालीहरुले अमेरिकाको भिसा पाएका थिए ।

न्युयोर्कमा दुईमहिनाका अवधिमा भएका दुईवटा आतंकी हमलाकारीहरुको अमेरिकाको निकम्मा इमिग्रेशनमार्फत आएको भन्दै त्यो इमिग्रेशनलाई आफूहरुले छिट्टै र दु्रतगतिमा सुधार्ने ट्रम्पले बताए । ट्रम्पले भने – ‘तपाईलाई लाग्छ कि डिभी परेर अमेरिका आउनेहरु ती देशबाट आएका उत्तम मान्छेहरु हुन् ? होइन । यो कस्तो खालको प्रणाली हो ? उनीहरु चिठ्ठाबाट अमेरिकामा आउँछन् । ती देशहरुले हामीलाई उनीहरुका खराब मान्छेहरु दिएका छन् । उनीहरुले रद्दीको टोकरीमा मिल्काएकाहरु डिभी परेर अमेरिकामा आएका छन् ।’

डिभी लोटरीबाट हरेक बर्ष विश्वभरबाट ५० हजार व्यक्ति अमेरिका आउने गरेका छन् । अमेरिकाको सरकारी श्रोत अनुशार डिभी लोटरी कार्यक्रम सुरु भएदेखि अहिलेसम्म झण्डै ५५ हजार नेपालीहरुलाई डिभी लोटरी परिसकेको छ त्यसमध्ये अधिकांशले भिसा पाएर अमेरिका आएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी सरकारको ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार सन् २००२ देखि सन् २०१७ सम्मको डिभी लोटरी कार्यक्रम अन्तरगत डिभी लोटरी पार्ने नेपालीहरुको संख्या ४७ हजार ५ सय ९२ रहेको छ । इतिहास हेर्दा सन् २००२ का लागि भरिएको डिभी चिठ्ठामा ७२९ जनालाई, सन् २००३ का लागि भरिएको डिभी चिठ्ठामा २३ सय २० जनालाई , सन् २००४ लागि भरिएको डिभी चिठ्ठामा ४२ सय ५९ जनालाई चिठ्ठा परेको थियो । सन् २००५ मा डिभी चिठ्ठा परेका जम्मा १५ सय ४५ नेपाली अमेरिका आएका थिए ।

त्यसैगरी सन् २००६ का लागि भरिएको डिभी चिठ्ठामा १९ सय ३४ जनालाई , सन् २००७ का लागि भरिएको डिभी चिठ्ठामा १५ सय २९ जनालाई, सन् २००८ का लागि भरिएको डिभी चिठ्ठामा २५ सय ६२ जनालाई, सन् २००९ का लागि भरिएको डिभी चिठ्ठामा १८९१ जनालाई , सन् २०१० का लागि भरिएको डिभी चिठ्ठामा २१ सय ३२ जनालाई र सन् २०११ का लागि भरिएको डिभी चिठ्ठामा २१८९ जना नेपालीहरुलाई चिठ्ठा परेको थियो । सन् २०१२ का लागि भरिएको डिभी चिठ्ठाको नतिजा अन्तरगत जम्मा ३२ सय ५८ जना नेपालीहरुलाई यो चिठ्ठा परेको थियो ।

त्यस्तै सन् २०१३ का लागि भरिएको डिभी चिठ्ठामा ४३७० नेपालीलाई यो चिठ्ठा परेको थियो भने सन् २०१४ का लागि भरिएको डिभी चिठ्ठामा ६ हजार ८२ नेपालीलाई यो चिठ्ठा परेको थियो । सन् २०१५ का लागि भरिएको डिभी चिठ्ठामा ४ हजार ९ सय ९१ जना छनौट भएका थिए । सन् २०१६ का लागि भरिएको डिभी चिठ्ठामा ३८ सय ३१ जना नेपाली छनौट भएका थिए भने चालु आर्थिक बर्ष २०१७ का लागि ४ हजार नेपालीहरुले डिभी लोटरी पारेका थिए भने सन् २०१८ का लागि ४०९७ जना नेपालीहरुले डिभी लोटरी पारेका छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com