नेपाल आइडल टप थ्री नयाँ वर्षमा अमेरिका आउने


प्रकाशित मिति : मंसिर २८, २०७४ बिहीबार

नयाँ वर्ष २०१८ को लागि नेपाल आइडलका विजयीहरू बुद्ध लामा, निशान भट्टराई र प्रताप दास अमेरिकाको प्रत्यक्ष सांगीतिक यात्रा कार्यक्रमको लागि अमेरिका आउने भएका छन् l

नेपाल आइडल टप थ्री युएस टुर नामक उक्त कार्यक्रम अमेरिकाका विभिन्न शहरहरुमा हुने तय भएको छ ।

केटीएम इनटरटेन्टमेन्टको आयोजनामा हुने उत्कृष्ट तीन अमेरिका यात्रा नामक कार्यक्रम अमेरिकाका बिभिन्न राज्यहरुका बिभिन्न शहरहरुमा नयाँ वर्ष २०१८ मा बेजोड प्रस्तुति हुने भएको छ ।

यस अघि उनीहरुले प्रथम नेपाल आइडलका तीन बिजयीहरुले नेपाली समुदायको जनघनत्व ज्यादा भएका देशहरुमा आफ्नो प्रस्तुति देखाई सकेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नयाँ वर्ष २०१८ को जनवरी ११ देखि फेब्रुअरी १८ सम्म अमेरिकाका बिभिन्न शहरहरुमा हुने मिति तथा स्थान समेत तय भएको छ ।

जस अनुसार जनवरी ११ तारिख न्यूयोर्कको मेलरोज बलरुम, जनवरी २१ तारिख बोस्टन को वनडरल्याण्ड बलरुम, यसै गरी जनवरी २६ तारिख मेरिल्याण्डको टाउसनको टोरेन्ट लंज तथा जनवरी २७ तारिख भर्जिनियाको अर्न्स्ट कम्युनिटी कल्चर सेन्टरमा हुने भएको छ ।

यसै गरी फेब्रुअरी २ तारिख टेक्ससको ड्यालसको हाउस अफ ब्लुमा,फेब्रुअरी ३ तारिखमा अस्टिनको सहारा लंजमा,यसै गरी फेब्रुअरी १० तारिख ह्युस्टनको हाउस अफ ब्लु तथा फेब्रुअरी ८ तारिख क्यालिफोर्नियाको ओकल्याण्डको ओकल्याण्ड स्कोटिस रुल तथा फेब्रुअरी ९ तारिखमा क्यालिफोर्नियाको सन्फ्रानसिस्कोको मेजानिनमा हुने भएको छ ।

यसै गरी फेब्रुअरी १० मा नै लस एन्जेलसको एलरे थेटरमा,फेब्रुअरी १६ मा वाशिंगटनको शोर्लिन कन्फेरेन्स सेन्टर, फेब्रुअरी १७ मा मिजौरी को दी पिजेन्ट तथा फेब्रुअरी १८ मा मिनासोटाको अर्फीम थेटरमा हुने भएको छ ।

हालसम्म तय भएको १३ वटा शहरका सबै स्थानमा कार्यक्रम साँझ ६ बजे राखिएको आयोजकले दिएका छन् ।

कार्यक्रमका लागि नेपाल आइडलका विजयीहरूसँगै कार्यक्रम संचालनका लागि सुशील नेपाल आउने छन् भने अमेरिकाका अन्य शहरहरुमा प्रदर्शनको लागि डिजे राकेशसँग सम्पर्क गर्न सकिने आयोजकले जनाएका छन् । सबै मिति र तिथिको प्रस्तावमा आएको आयोजकले जनाएका छन् ।

तीन जना कलाकारहरुले अद्वितीय नेपाली संगीतको प्रस्तुति गर्ने छन् भने उनीहरुले बिबिध समाजका बिभिन्न जातिहरूको प्रतिनिधित्व गर्ने छन् ।

नेपाल आइडल टप थ्री युएस टुर नामक सांगीतिक यात्रा कार्यक्रम ऐतिहासिक तथा अद्वितीय हुने छ भन्ने कुरामा आयोजक विश्वस्त रहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com