नेकपा (एमाले) का नेता कृष्णगोपाल श्रेष्ठले निर्वाचनपछि मुलुक नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ ।
काठमाडौँ निर्वाचन क्षेत्र नं ९ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि उहाँले आज नैकाप तथा त्यस आसपास क्षेत्रका स्थानीयसँग विकास निर्माणको छलफल कार्यक्रममा मुलुकमा वाम गठबन्धनको सरकार निर्माण भई देश विकासका कार्यले तीव्रता पाउने बताउनुभयो ।
देशमा लामो समयदेखि कायम रहेको संक्रमणकालीन अवस्था अन्त्य हुने विचार व्यक्त गर्दै उहाँले वाम गठबन्धनको सरकारले देश र जनतालाई समृद्ध बनाउन भौतिक पूर्वाधार, यातायात, पर्यटन क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
जनताले निर्वाचनमार्फत प्रकट गरेको नयाँ जनादेशबाट उनीहरुले परिवर्तन चाहेको बताउँदै वाम गठबन्धनप्रति उनीहरुको ठूलो विश्वास रहेकाले उनीहरुले परिवर्तनको अनुभव हुने गरी कार्य गर्नुपर्ने बताउनुभयो ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
नेपाली काँग्रेस प्रतिपक्षको भूमिकामा रहेर रचनात्मक सहयोग गर्नुपर्ने बताउँदै आफूहरुले काँग्रेसलाई साथमा लिएर राष्ट्र निर्माणमा अगाडि बढ्ने प्रष्ट पार्नुभयो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।