६ वर्षका बालकको कमाई १ अर्ब रुपैयाँभन्दा बढी


प्रकाशित मिति : मंसिर २७, २०७४ बुधबार

मंसिर २७ काठमाडौँ । एउटा ६ वर्षीय बालकले कति आम्दानी गर्छ ? तपाईं भन्नुहोला यस्तो सानो उमेर बच्चा काम गर्छ र ?

तर, रायन हरेक हप्ता युट्युवमा खेलौनाको समीक्षा गर्छन् र यसको बदला उनले राम्रो आम्दानी गरिरहेका छन् ।

रायनले अघिल्लो वर्ष ११ मिलियन अमेरिकी डलर कमाई गरेका थिए । जुन नेपाली रुपैयाँमा १ अर्बभन्दा बढी हुन आउँछ ।

युट्युवमा रायनको भिडियो करोडौँले हेर्छन् । उनको रायन टोयजरिभ्यु नामको एउटा युट्युव च्यानल रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्टारको सूचीमा नाम

यस युट्युव च्यानलमार्फत रायन आफ्ना भ्युअर्सहरुलाई खेलौनाको दुनियामा लैजान् । फोर्ब्स पत्रिकाले उनलाई सन् २०१७ मा सबैभन्दा धेरै कमाई गर्ने स्टारको सूचीमा राखेको छ ।

सन् २०१५ को मार्चमा शुरु गरिएको रायन टोयजरिभ्युका भिडियोहरु १६ अर्बभन्दा धेरै पटक हेरिसकिएको छ ।

यति चर्चित भए पनि रायनको बारेमा धेरै जानकारी कसैलाई थाहा छैन । उनको पूरा नाम के हो ? कहाँ बस्छन् ? भन्ने थोरैलाई मात्र थाहा छ । मात्र यति थाहा छ कि उनी अमेरिकी हुन् ।

युट्युव च्यानल

हालै वासिङ्टन पोष्टमा रायनको आमाले दिएको अन्तर्वार्तामा उनले भनेकी छिन्, ‘युट्युव च्यानलको सोच उनी तीन वर्षको उमेर हुँदा नै आएको थियो । रायन सानो उमेरदेखि नै खेलौनाको समीक्षा गर्ने टिभी च्यानलहरु खुब हेर्थे ।’

रायनकी आमाले आफ्नो परिचय नखुलाउने सर्तमा भनिन्, ‘एक दिन रायनले मलाई भन्यो कि किन ऊ अन्य बच्चाहरु जस्तो युट्युवमा छैन । त्यही बेला हामीलाई लाग्यो कि हामी पनि यो गर्न सक्छौँ । हामी तुरुन्तै खेलौनाको पसलमा गयौँ र एक लेगो ट्रेन किनेर त्यहाँबाट शुरु गर्यौँ ।

रायनको एउटा भिडियो ८० करोडभन्दा धेरैले हेरेका छन् । मार्च, २०१५ बाट शुरु भएको च्यानलले सन् २०१६ को जनवरीसम्ममा १० लाखभन्दा धेरै सब्सक्राइबर्स पाइसकेको थियो । हाल रायनको च्यानलमा १ करोडभन्दा धेरै सब्सक्राइबर्स रहेका छन् ।
एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com