न्युयोर्कमा आक्रमणपछि अध्यागनम नीतिमा कडाई गर्न ट्रम्पको आब्हान


प्रकाशित मिति : मंसिर २६, २०७४ मंगलबार

सोमबार न्युयोर्क सहरमा बम आक्रमणको प्रयास भएपछि ट्रम्प प्रशासनले अध्यागमन प्रतिबन्धहरुमा अझ कडाई गर्न आब्हान गरेको छ । टाइम्स स्क्वायर र पोर्ट अथोरटी बस टर्मिनल जोड्ने सब वे स्टेशनको टनेलमा आक्रमणको प्रयास भएको थियो । सन् २०११ मा आप्रवासी भिसामा अमेरिका छिरेका बंगालादेशका २७ बर्षीय अकायद उल्लाहले बम बिष्फोट गराउन खोजेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको छ । ती व्यक्ति अमेरिकामा ग्रिनकार्ड होल्डर रहेको जनाइएको छ ।

आम हत्याको योजनासहित बिष्फोट प्रयास भएपनि सफल हुन सकेन । घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वक्तब्य जारी गरी अमेरिकीहरुको रक्षाका लागि संसदले तत्काल कानुनी सुधार गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । ट्रम्पले आतंकवादी कृयाकलापमा संलग्न हुनेलाई कानुनले अनुमति दिएसम्मको हदैसम्मको सजाय र उपयुक्त मामलामा मृत्युदण्डसमेत दिनुपर्ने बताएका छन् । ट्रम्पले अध्यागमनमा सुरक्षा सम्बन्धि विषयलाई उन्नत बनाउन समेत आब्हान गरेका छन् ।

महान्याधिवक्ता जेफ सेसनले घटनापछि वक्तब्य जारी गर्दै अध्यागमन प्रणालीमा परिवर्तन गर्नुपर्ने विषयमा राष्ट्रपति ट्रम्प सही भएको बताएका छन् । उनले डिभी लोटरी र चेन इमिग्रेशनजस्ता अमेरिकाको असफल अध्यागमन नीतिका कारण दुईमहिनाभन्दा कम अवधिमा न्युयोर्कमा दुईवटा आतंकबादी आक्रमण भोग्नुपरेको बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com