जेरुसेलम घोषणा विषयमा अमेरिका विरुद्ध प्रदर्शन जारी


प्रकाशित मिति : मंसिर २५, २०७४ सोमबार

जकार्ता, २५ मङसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिनेगरी राख्नुभएको आफ्नो अभिव्यक्तिका विरुद्धमा विभिन्न देशमा अमेरिकाका विरुद्ध प्रदर्शन जारी रहेका बताइएको छ ।

यसअघि गत हप्तादेखि भएको सो घोषणाको विषयलाई लिएर विभिन्न देशहरुले आन्दोलन सुरु गरेका थिए । सो आन्दोलन र विरोध प्रदर्शनको क्रम आइतबार पनि जारी रहेको बताइएको छ ।

प्यालेस्टिनीहरूले स्वतन्त्र राज्य मागगर्दै लामो समयदेखि सङ्घर्षरत इस्लामिक हमाससमूहद्वारा उक्त निर्णयका विरुद्धमा आन्दोलन गर्न आह्वान पनि भएको थियो ।

राष्ट्रपति ट्रम्पको निर्णयको विरोध चर्कंदै गर्दा लेबनानको राजधानी बेरुतस्थित अमेरिकी राजदूतावास अगाडि पनि विरोध जुलुश निकालिएको थियो ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

सो विरोध जुलुशका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको र त्यसमा परी अरु केही प्रदर्शनकारी र प्रहरी समेत घाइते भएका छन् ।

आइतबार विरोध जुलुश ल्याएर अमेरिकी दूतावासतर्फ अघि बढिरहेका प्रदर्शनकारीलाई प्रहरीले रोेकेको थियो । त्यस क्रममा उसले अश्रु ग्याँस र पानीको फोहरा पनि हानेको थियो ।

उता हालैका दिनहरुमा अमेरिकासँग राम्रो सम्बन्ध कायम रहेका संयुक्त अरब इमिरेट्स र साउदी अरेबिया समेत सम्मिलित अरब लिगले पनि राष्टपति ट्रम्पको यस निर्णयको आलोचना गरेका छन् ।

हमासका नेताले बिहीबारमात्र गाजामा आन्दोलनको घोषणा गरेका थिए । सोही बमोजिम अरब क्षेत्रका पनि विभिन्न देशमा रहेका अमेरिकी दूताबासअगाडि प्रदर्शन गरिएका छन् ।

राष्ट्रपति ट्रम्पको उक्त निर्णयको विरोधमार्फत जेरुसेलमको स्वतन्त्रतालाई जोगाउनुपर्नेमा उनीहरुले आह्वान गरेका थिए ।

उता इजरायली प्रधानमन्त्री बेन्जमिन नेतान्याहुले भने अमेरिकी राष्ट्रपति ट्रम्पको प्रशंसागर्दै उहाँले जेरुसलेमको इतिहासको सम्मान गरेको बताउनुभएको छ ।

अरब र मुसलमान बहुल देशका विभिन्न सहरमा गत हप्तादेखि नै प्रदर्शनहरु भएका छन् । लेबनानका अतिरिक्त इजिप्टको काइरो, मोरक्कोको रबातमा पनि आइतबार विरोध प्रदर्शन भएका समाचारहरु प्राप्त भएका थिए ।

त्यसैगरी टर्कीका राष्ट्रपति तैयब रेसप एर्दोगानले जेरुसलेम इजरेललाई सुम्पिने पक्षमा आफू नभएको प्रतिक्रिया हालै दिनुभएको छ ।

इस्लामिक समूहका हजारौँ नागरिकले अरुतिर पनि अमेरिकाको उक्त निर्णयको व्यापक मात्रामा विरोध गरेका समाचारहरु प्राप्त भएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com