‘इलेक्सन अफ दि इडियट’ : बाबुराम र काजी !


प्रकाशित मिति : मंसिर २४, २०७४ आईतबार

केन्द्रीय संसद र प्रादेशिक सभाको निर्वाचन परिणाम सार्वजनिक भइरहंदा बाम गठवन्धन दुुईतिहाईतर्फ उन्मुख देखिएको छ । सत्तारुढ दल कांग्रेस इतिहासमै चुनावी दौडबाट शर्मनाक हार व्योहर्न बाध्य भएको छ । यसको लेखाजोखा हुंदै गर्ला । तर बाम गठवन्धन निर्माण र पार्टी एकताको प्रक्रियाको वरिपरि सक्रिय रहेका दुूईजना पात्रको पनि चर्चा सान्दर्भिक देखिएको छ ।

यस चुनावको इलेक्सन अफ दि हिरो अवश्य नै केपी शर्मा ओली नै हुन् । नेतृत्व, योजना, नारा, सक्रियता र परिणामले पनि सबैभन्दा अग्लो नेता बनाइदिएको छ केपी ओलीलाई । यसको पनि विश्लेषणका अनेक आयाम सुरु भइसककेका छन् ।
इलेक्सन अफ दि लुुजर अवश्य पनि कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा हुन् । केही समय पहिले तात्कालीन प्रधानमन्त्री शुशील कोइरालाका एक जना भित्रियाले भनेका थिए, सुशील दा तपाई नै किन पटक पटक अघि सर्नुहुन्छ ? अब त देउवालाई अघि सारे हुन्न र ? भन्ने जिज्ञासामा कोइरालाले भनेछन् । देउवाका हातमा पार्टी पुुग्यो भने कांग्रसको जरो नै उखेलिनेछ । अनि ति सहयोगी अवाक भएछन् । कोइरालाको अवसान पछि कांग्रेस नेतृत्वलदेउवाकै हातमा पुुग्यो । देउवाका हतामा मात्र पुुगेन कि डा. आरजु राणको कोटरीमा थन्कियो । यो चुनावले त्यही निरश कुरालाई संकेत गरेको छ ।
उसो भए यस चुनावको इलेक्सन अफ दि इडियट को हो त ? 
यो चुनावको विश्लेषण पहिले अलिक पृष्ठभूमिमा फर्कनु आवश्यक छ । दुुई वटा बामपन्थी पार्टीबीचको एकताका दुन्दुभी परम्परागत रुपमा चल्दै आएको हो । त्यसमा अविराम लागिरहने एकजना पात्र अवश्य पनि बामदेव गौतम नै हुन् भने एकता भनेपछि हाम फालिहाल्ने नेता प्रचण्ड नै हुन् । यसको पनि त्यति धेरै महत्व छैन । गत वर्षको कुनै सांझ ओलीसंग लामो सम्वादमा म ओलीबाट भित्रैदेखि प्रभावित भएं । त्यति खुला, त्यति सहज र आफ्ना कुरा मलाई पत्रकार हो भन्ने पनि हेक्का नगरीकन बताउने नेता सांच्चै केपी ओली नै हो ? जस्तो लाग्थ्यो मलाई । जुुन कुरा डेढ दशकदेखि लगातार प्रचण्डसंग भइरहेका थिए । पात्र फरक भएपनि दुईजनाका स्वभावमा अनेक समानाता देखिएको थियो । कुुराका अनेक आयाममा प्रवेश भयो । म नोस्टाल्जिक बन्दै धेरै पक्षमा सुचित हुने अवसर पाएं । त्यही बीचमा केही दृष्टान्त सहित मैले भनें, ‘के अर्को ५ वर्ष प्रतिपक्षमा नै बसिरहने ? पार्टीभित्रका गुटहरुको धक्कामुक्कीमा कम्युनिस्ट आन्दोलनलाई सिमित गर्ने त ?’ जबाफमा ओलीले आफ्नो चाहना, योजना र उद्धेश्य बताउनुुभयो । त्यसखालका कुराकानी समय मिलेसम्म सिलसिलाकै रुपमा जारी छन् । ओलीले पार्टी एकताको सम्भावनाको नाडी छाम्न सम्भव सबै स्रोतलाई म्याराथुन दौडकै शैलीमा प्रयोग गर्दा बामदेव गौतम नै सबैभन्दा बढी कुदे । गौतमको बेलामौका नारायणकाजीसंग पनि छलफल भयो । प्रचण्डतिरबाट पार्टी एकतामा योगदान गर्न उनले निकै मेहनत गरेका थिए ।
जब पार्टी एकता, एउटै चुनाव चिन्ह र बाबुरामलाई समेत त्यस एकतामा सामेल गर्ने कुरा भयो । अनि केही कुराहरु गडबढ भए । एकदिन कुनै सांझ मैले ओलीलाई बाबुरामलाई जति जान्दथें, त्यो बताउंदै केही सु्झाव समेत दिएं । बाबुरामजीसंगको मेरो भेटघाट र कुराकानीको निकै लामो निरन्तरता कायमै थियो । बाबुरामजी खेर गएकोमा मलाई चिन्ता थियो । यद्यपि उनी देशको प्रधानमन्त्री भइसकेका, सबै विषयका त्रिकालदर्शी राजनीतिककर्मी हुन् । हाम्रो चिन्ताको त्यति धेरै केही अर्थ हुुदैंन । बाबुुरामजी दक्षिणबाट मिसलिड भएको गहिरो पीडामा हुनुहुन्थ्यो शायद । त्यही मेसोमा बाम एकताको पारो तातेका बेला उहांले पनि अवसर छोपिहाल्ने निर्णयमा पु्ग्नुभयो ओलीसंगको तीनवटा अन्तिम छलफलपछि । त्यसले प्रचण्डमा अव्यक्त र नारायणकाजीमा बुुझ्न सकिने गरी छटपटी ल्याइदिएको चर्चा पनि थियो । जुन सर्वथा गलत थियो । प्रचण्डले बाबुुरामलाई एकतामा सहभागी गराउन तयार भएपछि माओवादीभित्र पार्टी एकताको विकास सुुन्दा चक्मा खाएकाहरुको आक्रोशको लाइनमा नारायणकाजी उभिएर एउटै चुनाव चिन्हबाट चुनाव लड्ने कुराबाट प्रचण्डलाई पछि हटाउन सफल भए । त्यसमा अनेक तर्क गरिए । ती सबै कुतर्क थिए । त्यो पछि हटाईमा स्वयं प्रचण्ड खुशी थिएनन् । किन कि पार्टी एकता गरिहाल्ने हतारो ओलीलाई भन्दा प्रचण्डलाई थियो । तर बाबुरामजी सूर्य चिन्हबाट चुनाव लड्न तयार थिए । त्यसले झन माओवादीभित्र छटपटी बढाइदियो । एकता घोषणा सभाको बाबुरामको भाषणले एमाले बरिष्ठ नेताहरुले ओलीलाई घेरे । त्यसको लगत्तै दुई दिनपछि बाबुरामजीलाई एबीसीको आउटलुकमा गरिएको उटा अन्तर्वार्तामार्फत सच्याइयो ।
जब चुनावी सिट तालमेलको कुरा आयो । त्यही विन्दुमा माओवादी पक्षबाट काजी र अर्कातिर बाबुरामले साह्रै बचकना प्रदर्शन गरे । बाबुरामले स्वभाविक रुपमा सूर्य चिन्हबाट गोरखाबाट चुनाव लड्ने दावी गरे । त्यही घानमा माओवादीले कुनै परचक्री वा कांग्रेससंग चुनावी तालमेल गरेकोजस्तो शैलीमा माओवादीले गोरखा छोड्न नसक्ने दाबी गरे । त्यो घानमा बाबुराम र काजी जुधिरहे । यता माओवादीको इरिटेशनबाट मुक्ति खोज्दै बाबुराम फेरि देउवाका शरणमा बालुवाटार गएर पार्टी एकताको महान उद्धेश्यमा बालुुवामा पानी खन्याए । त्यस घटनालो ओली र प्रचण्डलाई नराम्रोसंग झस्काएन मात्र कि मन चिसो भएको ओलीले बताउनुुभएको थियो । बाबुराम र काजीले त्यो हदको मुर्खता गर्नुका साटो सरक्क एकजना अर्को ठाउबाट चुनाव लड्ने निर्णय गरिहाल्नु पर्दथ्यो । काजी ललितपुरबाट चुनाव लड्न आएको भए सबैभन्दा राम्रो हुने थियो । अर्कातिर काजीको जुधाई र बाबुरामका अनन्य मित्रहरुको मनोदशा बुुझेर बाबुराम नै काठमाडौंबाट चुनाव लड्न आएको भए उनी नै इलेक्सन अफ दि हिरो हुने निश्चित थियो ।
बाबुराममलाई लाग्दो हो मलाई ओली र प्रचण्डले थोरै दिए । उसो भए उनले के पाए त ? गोरखामा १ र रसुवामा १ प्रदेशको सभासद मात्रै । जब कि बाम गठवन्धनमा त उनका मझौला कार्यकर्ता दर्जनबढीलाई व्यवस्थापन गर्ने सहमति भएकै थियो । खिमलाल देवकोटा, देवेन्द्र पराजुली, कल्पना धमला, नवराज सुवेदी, गंगा नारायण श्रेष्ठ लगयत दर्जन बढी त प्रदेशका मन्त्री बन्नेवाला थिए । अहिले के भयो ? केवल व्याक बेन्चर र हांसोको पात्र होइन र ?
ओली र प्रचण्डले संयुक्त रुपमा र ओलीले एक्लै पनि बाबुरामलाई भनेका थिए । तपाईंलाई सांसद बनाउने जिम्मा हाम्रो भयो भनेर । बाबुरामले गोरखा नभए प्राण नै सकिने गरी र काजीले कुनै दैवसंयोगले गोरखामा जन्म भएका कारण त्यसलाई बपौति मान्न पुुगे । जब कि ताजा रुपमा सम्पन्न स्थानीय तहको चुनावमा ११ तह मध्ये माओवादीले ९ स्थान गुमाएको थियो । काजी गोरखका स्वाभाविक जनप्रतिनिधि हुनै सक्दैनथे । जेसुकै होस् बाबुरामको पवित्र मन थियो भने देशकै नेतृत्व गरिसकेको र सहर बजारमा सबभन्दा बढी रुचाइएको नेता काठमाडौं आउन तयार हुनु पर्ने थियो । बाबुरामले अहिले चुनाव त जिते । तर चुनाव अवधिभर बाबुरामलाई देशभरका जनताले देखेनन् । मिडियामा उनका योजना र सपना कसैले सुुन्न पाएन । किन कि उनी गोरखको हिमाली कन्दरातिर चुनावी फोहरी खेलमा भिडिरहे । यदि काठमाडौंमा बाबुराम त्यो पनि आफुू सहमत भईसकेको सूूर्य ध्वजाबाहक हुंदा झापाका ओली वा चितवनका प्रचण्डकै हाराहारीमा उनलाई जनताले सुुन्न पाउने थिए । अर्कातिर मानिसहरुका मनमा बाबुराममाथि अरु कसैको रहेछ भन्ने कलंक पनि त लाग्ने थिएन । व्यक्तिगत इगो नै भएको भए काजी पाटन र बाबुराम काठमाडौं आएर गोरखामा अरुलाई नै उमेदबार बनाएको भए पनि त हुने थियो । राजनीतिककर्मी हुनुका नाताले तत्कालै दिर्घकालको सोच राख्न नसक्ने हो भने किन आफूलाई अरु भन्दा जान्नेसुुन्ने ठूलो नेता हुं भन्ने ?
त्यसैगरी काजी ललितपुर आएको भए संसदभित्रको झण्डै दुई तिहाईको भीडको पहिलो लहरमा हुने थिएनन् र ? बाबुरामलाई देखाइदिने भन्ने ध्याउन्नमा काजीले नराम्रोसंग पृथ्बी घुमिरहेको देख्ने भए । उता माओवादीलाई देखाइदिने जिरहमा बाबुरामले संदसदको अन्तिम बेन्चमा आफैलाई हेर्न क्यामेरालाई हात उठाउने बाहेक त के देखाए र ?
तसर्थ काजीले जे देखे वा देखाउन् । उनीसंग ठूलो पार्टी छ । झन ठूलो बन्दै छ । त्यसले नै जिम्मा लेला । तर बाबुरामजीले अझै पनि असोज १७ गतेको सार्वजनिक घोषणामा नै फर्कनु सबैभन्दा बुद्धिमानी हुनेछ । बाबुुरामको बाबुरामलाई नै नभए पनि देशलाई अझै खांचो छ भन्ने जमात बामपन्थीहरुभित्र धेरै छ । ओली र प्रचण्डलाई सघाउंदा बाबुरामलाई जति स्वाद आउला तर विनोद चौधरीको गफ सुन्दा त साह्रै लाजमर्दो हुंदैन र भन्या ? यसकारण भन्न सकिन्छ झण्डै दुुई तिहाईको बामपन्थी सरकार बन्दा बाबुरामजी संसदभित्र खोज्न पर्ने अवस्थामा र काजी शायदै सडकमै पनि खोज्न पर्ने अवस्था सिर्जना गर्नमा सबैभन्दा बढी भूमिका उनीहरुको हो । त्यसकारणले यसपटकको चुनावको इलेक्सन अफ दि इडियटको दर्जाका लागि बाबुराम र काजीलाई राख्नु अर्घेल्याईं होला र ? आगे कदम बाबुराम र काजीकै ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com