जनमोर्चाले बाग्लुङको प्रदेशसभाबाट खाता खोल्यो, टेकबहादुर घर्ती विजयी


प्रकाशित मिति : मंसिर २२, २०७४ शुक्रबार

२२ मंसिर, बाग्लुङ । बाग्लुङ क्षेत्र नम्बर २ (ख) प्रदेश सभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार टेकबहादुर घर्तीले जित हासिल गरेका छन् ।

बाम गठबन्धनबाट उमेदवार बनेका राष्ट्रिय जनमोर्चाका घर्तीले ३ हजार २ सय ६० को मतान्तरले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जीतबहादुर शेरचनलाई हराए ।

घर्तीले ११ हजार ८ सय ८४ मत प्राप्त गरे भने शेरचनले ८ हजार ६ सय २४ मत प्राप्त गरेका छन् ।

अन्य क्षेत्रको भने मतगणना भइरहेको छ । निर्वाचन कार्यालयका अनुसार सबै क्षेत्रमा वाम गठबन्धनले अग्रता कायम गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com