मतदानका लागि गाउँ फर्कंदै


प्रकाशित मिति : मंसिर २०, २०७४ बुधबार

यही बिहीबार ४५ जिल्लामा हुने निर्वाचनमा मतदान गर्न काठमाण्डौं उपत्यकाका विभिन्न नाकाबाट बाहिरिनेको संख्या बढेको महानगरीय ट्राफिक प्रहरीले बताएको छ।

विभिन्न पेशा व्यवसाय गरी उपत्यकामा बसेका र काम विशेषले आएका कैयौं मानिस चुनावमा सहभागी हुन आआफ्ना गाउँघर फर्किन उत्साही देखिएका छन्।

हाल काठमाण्डूमा बसोवास गर्दै आएकी ५४ वर्षीया विद्या गुरुङ्ग मंसीर २१ गते हुने दोस्रो चरणको निर्वाचनमा नवलपरासीको क्षेत्र नम्बर ५ बाट आफ्नो मताधिकार प्रयोग गर्दैछिन्।

आफ्नो गन्तव्यतर्फ जानका लागि कलंकीमा गाडी कुर्दै गर्दा उनले भनिन् ”पर्सि मतदान गर्न भोलि बुधबार मतपत्र लिनुपर्ने भएकोले मङ्गलबार नै घर जान लागेको हो। तर कुरेर बसेको दुई घण्टा भईसकेपनि गाडी नै पाइएन।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उत्साह

मङ्गलबार दिउँसो उनीजस्तै विभिन्न उमेर समूहका सैयौंको संख्यामा मतदाताहरु राजधानीको कलंकी हुँदै आआफ्ना गाउँठाउँमा पुग्न हतारिएका देखिन्थे, तर कैयौं सहजरुपमा गाडी र सिट नपाएर भौंतारिका थिए।

यात्रुवाहक बस
Image captionकठिन यात्रा गरेर भएपनि निर्वाचनमा सहभागिता जनाउने युवाहरुको उत्साहमा कमी देखिएन

कठिन यात्रा गरेर भएपनि नयाँ संविधान निर्माण भएपछि पहिलोपटक भैरहेको केन्द्र र प्रदेशसभाको निर्वाचनमा सहभागिता जनाउने उनीहरुको उत्साहमा भने कमी देखिएन।

हाल काठमाण्डूमा एउटा इन्टरनेट सेवा प्रदायक कम्पनीमा काम गर्दै आएका चितवन क्षेत्र नम्बर ३ का २२ वर्षीय रोशन अधिकारीले मतदान गर्नका लागि निकै कठिनाइका साथ विदा मिलाए।

विगतमा मताधिकार प्रयोग गरिसकेका युवाहरु जसरी आफू निराश बन्नु नपर्ने अपेक्षाका साथ पहिलोपटक मतदान गर्न लागेको उनले बताए।

”युवाहरु विदेशिन नपरोस्, नेपालमै केही राम्रो गर्ने वातावरण बनोस् भन्ने आशा लागेकाले कामको चापका बीच मतदान गर्न गाउँतिर जान लागेको हुँ,” उनले भने।

आधार

भौतिकशास्त्रमा स्नातकोत्तर गरेको बताउने चितवनका अर्का युवा, कुमार भेटवाल, ले रोजगारीका लागि आफू विदेशिने तयारीमा रहेको भएपनि उक्त योजना केहीसमयलाई थाती राखी मताधिकारको प्रयोग गर्न घर फर्कन लागेको बताए।

तर निराशा मिश्रित प्रतिक्रिया दिंदै उनले भने, ”म भौतिकशास्त्रमा स्नातकोत्तर गरेको मान्छेलाई त रोजगारी छैन भने निर्वाचन पछि पनि नेताहरुले ठूलो परिवर्तन गर्नुहुन्छ भन्ने कुराको विश्वासिलो आधार छैन। निराशा हुँदाहुँदै पनि मनको कुनामा अलिकती आशा बोकेर भोट हाल्न घर फर्कदै छु।”

भेटवाल जस्तै बर्दिया क्षेत्र नम्बर १ मा स्थायी घर भई मतदानका लागि काठमाण्डू छाड्न लागेकी ४२ वर्षिया पार्वती पौडेलको पनि मिश्रित प्रतिक्रिया छ।

विगतमा पनि नेताहरुले जनताका लागि राम्रो गर्लान् भन्ने आशाका साथ मतदान गरेको सुनाउँदै उनले आफ्नो प्रतिकूल स्वास्थ्यलाई समेत ख्याल नगरी मतदान गर्न जान लागेको बताइन्।

माईक्रो बस
पछिल्ला केही दिनयता काठमाण्डूबाट बाहिरिने सवारी साधनको व्यवस्थापन गर्न कठिनाइ भएको ट्राफिक प्रहरीले जनाएको छ

कठिनाई

”आफूले पाएको अधिकार छोड्ने कुरा भएन त्यसैले भोट हाल्न जान लागेको हो। तर जुनसुकै पार्टीले वा नेताले जितेपनि आफ्नो पार्टीका मान्छे र आफ्ना छोराछोरीलाई मात्रै नहेरुन्, हाम्रा छोराछोरीका लागि पनि राम्रो वातावरण बनोस्।”

निर्वाचनका कारण पछिल्ला केही दिनयता काठमाण्डूबाट बाहिरिने बस चल्ने कलंकीसहितका स्थानमा चाडवाडमा जस्तै भीडभाड भएकोले सवारी साधनको व्यवस्थापन गर्न कठिनाइ भएको ट्राफिक प्रहरीले जनाएको छ।

कलंकीमा खटिएका ट्राफिक प्रहरी सुवास लोदले भने, ”पछिल्लो चार पाँच दिन यता चुनावको माहौल बढेपछि यात्रुको चाप पनि बढेको हो। नियमित रुटमा चल्ने सवारी साधनले नपुगेर यात्रुवाहक बस ‘रिजर्भ’ गरेर बाहिरिने क्रम जारी छ।”

विगतका निर्वाचनमा जस्तै विभिन्न दलले मतदाता तथा कार्यकर्ताहरु ओसार्न झण्डा, तुल, ब्यानरसहितका सवारी साधनको प्रयोग गरेको घटनामा भने यसपटक कमी देखिएको प्रहरीको भनाइ छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पछिल्ला चार दिनमा करिब २८ हजार यात्रु काठमाण्डू उपत्यकाबाट बाहिरिएका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com