अन्तिम मतपरिणाम चार दिनभित्र सार्वजनिक गर्ने आयोगको दाबी


प्रकाशित मिति : मंसिर १९, २०७४ मंगलबार

काठमाडौं, १९ मंसिर । निर्वाचन आयोगले प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम चार दिनभित्र सार्वजनिक गरिसक्ने दाबी गरेको छ ।
आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको सबै ठाउँको अन्तिम परिणाम चार दिनभित्र आइसक्ने गरी व्यवस्था मिलाइएको दाबी गरेको हो । निर्वाचन आयुक्त इश्वरीप्रसाद पौड्यालले समानुपातिकतर्फको अन्तिम परिणाम ८ दिनभित्र सार्वजनिक गर्ने पनि जानकारी दिए ।
सकेसम्म एकैसाथ तीनवटै मतपत्रको गणना गर्ने गरि व्यवस्था गरिएको तर त्यसो हुन नसके सुरुमा प्रत्यक्षको गणना सक्ने र त्यसपछि समानुपातिकतर्फको गणना सुरु गरिने उनले बताए । मतपत्र सानो र छरितो भएकाले चार दिनमा प्रत्यक्षतर्फको गणना सकिने उनको भनाई छ । मतगणनामा शिक्षक बाहेकका सरकारी कर्मचारीलाई खटाइने र त्यसका लागि आवश्यक सवै कर्मचारीको तयारी तालिम र व्यवस्थापन भइसकेको उनले बताए । मंसिर १० गते चुनाव भएका ठाउँको गणना २१ गते बेलुका ५ बजे लगत्तै सुरु हुनेछ ।
गणनाका बेला मतपत्र कर्मचारीबाहेक कसैले छुन नपाउने

मतगणनाका बेला खटिएका कर्मचारीबाहेक दलका प्रतिनिधिले मतपत्र छुन नसक्ने गरी व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ । विगतमा मतपत्र नष्ट गर्ने गरेको पाइएकाले आयोगले यसपटक मतगणनास्थलमा कर्मचारी र दलका प्रतिनिधिबीच निश्चित दूरी बनाउन तारबार लगाउने वा टेबुललगायत सामान राखेर दलका प्रतिनिधिले मतपत्र छुन नसक्ने व्यवस्था गरिएको आयुक्त पौड्यालले जानकारी दिए ।
आवश्यकता अनुसार मतगणनास्थलमा सिसिटीभीको ब्यवस्था गरिएको पनि आयोगले जनाएको
छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com