टिलर्सनलाई हटाउने सम्वन्धी भ्रामक समाचार नपत्याउन ट्रम्पको आग्रह


प्रकाशित मिति : मंसिर १६, २०७४ शनिबार

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशमन्त्री रेक्स टिलर्सनलाई हटाउन लागेको भन्ने समाचारको खण्डन गर्नुभएको छ ।

“ह्वाइट हाउसले टिलर्सनलाई हटाउन लागेको वा टिलर्सनले विदेश मन्त्रालयको जिम्मेवारी छोड्न लागेको भन्दै सञ्चार माध्यममा आएका समाचार झुटो र भ्रामक हो,” ट्रम्पले ट्विटरमा लेख्नु भएको छ ।

“उहाँले हामीलाई छोड्न लाग्नु भएको होइन, उहाँसँग हामी सँगै काम गर्ने छौं,” उहाँले थप स्पष्ट पार्नुभयो ।

बिहीबार धेरै अमेरिकी सञ्चार माध्यमहरुमा ट्रम्प र टिलर्सनको सम्वन्ध नराम्रो भएको दाबीसहितका समाचारहरु प्रकाशित तथा प्रसारित भएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस विषयमा पनि ट्रम्पले स्पष्ट पार्दै भन्नु भएको छ, “हामी दुइका बीचमा त्यस्तो कुनै नराम्रो सम्वन्ध छैन ।”

विदेश मन्त्री टिलर्सनले पनि शुक्रबार ती समाचारलाई हास्यास्प्रद समाचार भन्दै गलत भएको स्पष्ट पार्नुभएको थियो ।

टिलर्सन अर्को हप्ता युरोप भ्रमण सुरु गर्ने तयारीमा हुनुहुन्छ । त्यस क्रममा उहाँले ब्रसेल्स, भियना र फ्रान्समा नेटोका नेताहरुलाई भेट्नुहुने कार्यक्रम रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com