चीनमा कोरियो मिरर अफ नेपाल


प्रकाशित मिति : मंसिर ११, २०७४ सोमबार

चिनियाँ कलाकारले कोरेका नेपालसम्बन्धी चित्रहरुको पाँच दिवसीय प्रदर्शनी चीनको च्यांगसु प्रान्तको एक सहरमा सुरु भएको छ ।

नेपाल भ्रमण गरेर फर्किएपछि चार वर्ष लगाएर कलाकार लिउ फिंग छिउले कोरेका ९० वटा चित्रकला समावेश गरि छांगचौ महानगरमा रहेको लिउ हाइ सु ग्यालेरीमा ‘मिरर अफ नेपाल’ शीर्षकको एकल चित्रकलाको प्रदर्शनी शनिबार सुरु भएको हो ।

छांग चौ महानगरपालिकको चिनियाँ कम्युनिष्ट पार्टी महानगर कमिटी, संस्कृति, संचार तथा प्रकाशन कार्यालय र च्यांग्सु कलाकार संघले आयोजना गरेको प्रदर्शनी पाँच दिनसम्म रहने छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ुपवित्र पर्वतको फेदीमाु, दैनिक जीवन र सूर्याेदयको मुहारु भन्ने उपशीर्षकमा समेटिएका चित्रकलाको प्रदर्शनीका लागि सांघाईस्थित नेपाली अवैतानिक वाणिज्यदूतावास, छांग चौ कलाकार संघ र अन्तरराष्टिय मित्रताका लागि चिनियाँ जनसंघ छांग् चौले सहयोग गरेका छन् ।

सन् २०१३मा नेपाल भ्रमण गरेका कलाकार लिउले चिनियाँ मसी, कुची र कागजमार्फत नेपालको वास्तविक रहनसहन, प्राकृतिक सौन्दर्यता, सांस्कृतिक विविधतालगायतका विषयलाई चित्रमा उतारेको बताउनुभयो ।

चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले कलाकार लिउको कलामा नेपालको संस्कृति, प्राकृतिक सौन्दर्यता र विविध जनताको चित्रण गरिएको बताउनुभयो । प्रदर्शनीको लागि पठाउनुभएको शुभकामना सन्देशमा राजदूत पौडेलले प्रकृति र मानवप्रति देखाउनुभएको अभिरुची तथा प्रदर्शनी आयोजनाका खातिर गर्नुभएको मिहिनेतका लागि कलाकार लीउप्रति अभार व्यक्त गर्नुभयो ।

प्रदर्शनीमार्फत चिनियाँ जनतालाई नेपालको बारेमा बुभ्mन र दुबै देशबीचको जनस्तरको सम्बन्ध अझ बलियो बनाउन सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

चिनियाँ कलाकार संघलगायत थुप्रै संघसंस्थामा अवद्ध ६८ वर्षीय कलाकार लीउका चित्रहरुले थुपै राष्टियस्तरको पुरस्कार पाएका छन् । उहाँको चित्रकला चीनको राष्टिय कला संग्रहालय, चिनियाँ केन्द्रीय ललितकला प्रतिष्ठानलगायत संस्थाहरुमा संग्रह गरिएका छन् ।

प्रदर्शनीका लागि अमेरिका, जापान, स्पेन, कोरिया, सिंगापुर, मलेसियालगायतका देश पुर्याएका उहाँका चित्रहरु विदेशमा पनि संग्रह गरिएका छन् । उहाँका चित्रकलाहरु संग्रहहरुको रुपमा पनि प्रकाशित रहेको उद्घाटन कार्यक्रममा वितरित प्रेस विज्ञप्तिमा जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com