पाँचथरमा महिलाले गराए मतदान


प्रकाशित मिति : मंसिर १०, २०७४ आईतबार

१० मंसिर, पाँचथर । जिल्ला सदरमुकाम फिदिम नगरपालिका वडा नम्बर ३ मा रहेको मतदान केन्द्रमा निर्वाचनका लागि खटिएका कर्मचारी र सुरक्षाकर्मी सबै महिलामात्रै छन् ।

त्यहाँ पुरुष कर्मचारी र पुरुष सुरक्षाकर्मीविनै शान्तिपूर्णरुपमा मतदान भइरहेको छ । मतदाता भने महिला र पुरुष दुवै छन् ।

पाँचथरको यस केन्द्रलाई नमूना मतदान केन्द्र मानिएको छ । प्रमुख निर्वाचन अधिकृत मनोज केसीका अनुसार उक्त मतदानस्थलमा रहेका २ वटा मतदान केन्द्रमा मतदान अधिकृतदेखि सहायक मतदान अधिकृत, कर्मचारी र सबै सुरक्षाकर्मी पनि महिला नै रहेका छन् ।

नमूना निर्वाचनका रुपमा ती दुवै केन्द्रमा महिला मात्रै कर्मचारी खटाइएको केसीले बताए । १ सय मतदान स्थल र १६५ मतदान केन्द्र रहेको पाँचथर जिल्लामा उक्त मतदान स्थलमा मात्रै महिला कर्मचारी खटाइएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ती मतदान केन्द्रहरुमा महिला विकास अधिकृत निर्मला दाहाल र शिक्षक दयादेवी रिजाललाई मतदान अधिकृतका रुपमा खटाइएको छ ।

जिल्लामा रहेका मतदान केन्द्रमा खटिएका मतदान अधिकृतमध्ये ५ जना महिला मतदान अधिकृत छन् ।

त्यस्तै २९ जना महिला सहायक मतदान अधिकृत खटिएका छन् । जम्मा १०३१७ जना कर्मचारीमध्ये २८९ जना महिला कर्मचारी रहेको जिल्ला निर्वाचन अधिकारी ध्रुवकुमार राईले बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com