अमेरिकाको कोलम्बस मिसीसिपीमा २१ बर्षिय नेपाली बिद्यार्थी द्वारा आत्महत्या


प्रकाशित मिति : मंसिर १०, २०७४ आईतबार

काठमाडौँ कोटेश्वर घर भै अमेरिकाको कोलम्बस मिसीसिपि विश्व बिद्यालयका एक नेपाली बिद्यार्थीले आत्महत्या गरेको समाचार प्राप्त भएको छ l मिसीसिपि युनिभर्सिटी फर वुमेन नामक विश्व बिद्यालयमा अध्ययनत शाकर हुमागाई नामक बिद्यार्थी भएको जानकारी प्राप्त भएको छ l

प्राप्त जानकारी अनुसार बागबजार स्थित मोडल कलेजमा अध्ययन गरि उच्च शिक्षाको लागि अमेरिकाको मिसीसिपि आएको बुझिएको छ l उनि मिसीसिपिको कोलम्बसमा बसोबास गर्दथे l

उनले आत्महत्या गर्नु अगाडी आफूले सामाजिक संजाल फेसबुक (मुहार पुस्तिका ) मा लागु पदार्थ लत सम्बन्धि केहि राखेका छन l मे २९ ,१९९६ मा जन्मिएका हुमागाईले गत नोवेम्बर २३ तारिख थाङ्क्सगिभिंग (धन्यबाद दिवस) कै दिन आत्महत्या गरेको बुझिएको छ l

ताजा जानकारी अनुसार ,कोलम्बस मिसीसिपीको स्थानीय समय अनुसार ७ :३० बजे श्रद्धान्जली सभा गरे पश्च्यात गंटर एण्ड पिल फ्युनेरल )होम सर्विस (दाह संस्कार गृह)मा दाह संस्कार भै रहेको बुझिएको छ l

कोलम्बस स्थित स्थानीय बिदेशी पत्रिका दि डिसप्याचका अनुसार मृतकको शरीर लाउन्ड्स पार्क तालमा मृत अवस्थामा फेला परेको उल्लेख गरेको छ l प्रहरी अधिकारीहरुले नोभेम्बर २३ तारिख १ :४५ मा घटनास्थलमा पुगेका थिए भने परिवार सदस्यहरुसंग सम्पर्क नगरी नाम प्रकाशित नगर्ने भनि उक्त पत्रिकामा समाचार छ l

के कारणबाट आत्महत्या भएको हो ,यस बारे लाउन्ड्स काउन्टीका प्रहरीले यस बिषयमा अनुसन्धान गरि रहेका छ्न l अमेरिकाको नेपाली समुदायको साथै भुटानी समुदायमा आत्महत्याका घटनाहरु वृद्धि भै रहेको अवस्थामा नेपाली संघ/संस्थाले यस्ता बिषयमा बिशेष जनचेतना मुलका कार्यक्रम ल्याउनु पर्ने आवस्यक टड्कारो रुपमा देखिएको छ

Enepalese

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com