डडेल्धुरामा ओलीको हमलाः देउवालाई जनता चाहिँदैन, ज्योतिषीले भनिदिए पुग्छ


प्रकाशित मिति : मंसिर ७, २०७४ बिहीबार

७ मंसिर, डडेलधुरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चार पटकसम्म प्रधामन्त्री बनेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश र जनताका लागि सिन्को भाँच्न नसकेको आरोप लगाएका छन् ।

देउवाको गृहजिल्ला डडेल्धुरा सदरमुकाममा आयोजित वाम गठबन्धनको चुनावी सभालाई बिहीबार अपरान्ह सम्बोधन गर्दै अध्यक्ष ओलीले देउवाको आलोचना गरे । ‘कोही कोही मान्छे सात पटकसम्म प्रधानमन्त्री हुन्छु भन्दै हिँडेका छन्, त्यो पनि ज्योतिषीको भरमा परेर’, देउवाप्रति कटाक्ष गर्दै ओलीले भने, ‘चारपल्ट प्रधानमन्त्री भएकाले के गरेर देखाए रु एकपल्ट प्रधानमन्त्री हुने हामीले जनताको मनमा छाप छाड्ने गरी काम गरेका छौँ ।’

ज्योतिषीको भर गर्नेहरुलाई जनता नै नचाहिने बताउँदै ओली आफ्ना उम्मेदवारलाई भने जनताकै भोट चाहिएको जिकिर गरे । ‘कसै कसैलाई ज्योतिषीले सात पटक प्रधानमन्त्री बनाइसके । उनलाई जनताको आवश्यकता परेन, ज्योतिषीले भनिदिए पुग्छ’, ओलीले भने, ‘तर, हाम्रा उम्मेदवार खगराज भट्टलाई जनताले जिताउँछन् । ज्योतिषीलाई दिने पैसा खगराजले यहाँको विकासका लागि लिएर आउँछन् ।’

देउवाले देश नै बेच्न खोजेको आरोप लगाउँदै अध्यक्ष ओलीले उनलाई भोट नहाल्न पनि डडेलधुराबासीसँग अपिल गरे । ‘देश बेच्नेहरुलाई भोट नहाल्नुस्,तराई-पहाड बेच्न खोज्नेहरु फेरि यहाँ आएका छन्’, उनले भने, ‘खगराजजीले यहाँको विकासका लागि पसिना बगाउँछन्, यो पटक जिताएर पठाउनुस् ।’

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

उनले प्रहरी प्रशासन र सुरक्षानिकायलाई पनि कडा चेतावनी दिए । भने, ‘प्रहरी प्रशासनलले कानुनको मर्यादा ख्याल गर्नुस्, मंसिर १० र २१ गतेको चुनावपछि एमाले-माओवादी गठबन्धनको सरकार बन्दैछ । यसलाई कसले रोक्न सक्नेवाला छैन ।’

Onlinekhabar

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com