काश्मिरमा कडा सुरक्षा व्यवस्था
प्रकाशित मिति : मंसिर ६, २०७४ बुधबार
An Indian police man signals Kashmiri Muslims to stop at a temporary checkpoint in Srinagar, Indian controlled Kashmir, Wednesday, Nov. 4, 2015. Indian authorities have detained key separatist leaders and hundreds of their supporters to prevent them from protesting during Prime Minister Narendra Modi’s visit to Kashmir this weekend. (AP Photo/Dar Yasin)
काश्मिर, ६ मंसिर । भारत नियन्त्रित काश्मिरमा मङ्गलबार लासकार ए तोइबा नामक एक आतङ्ककारी समूहका तीनजना सशस्त्र हतियारधारी मारिएपछि यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको समाचार छ ।
सधैँजसो अशान्त नै भइरहने भारत नियन्त्रित काश्मिरमा आतङ्ककारीहरुले थप हिंसा मच्चाउनसक्ने अनुमानमा प्रहरी र अर्धसैन्य बलको ठूलो संख्या मङ्गलबार साँझदेखि त्यहाँ खटाइएको छ ।

मङ्गलबार बिहानमात्र सो क्षेत्रमा सुरक्षाकर्मीको गोली लागेर उनीहरु मारिएका थिए । अर्ध सैन्यबल र ती आतङ्ककारीबीच भएको दोहारो गोली हानाहानमा ती आतङ्ककारी मारिएका सुरक्षा अधिकारहरुले जानकारी दिएका छन् ।
भारत नियन्त्रित काश्मिरको प्रान्तीय राजधानी सहर श्रीनगरबाट ८० किलोमिटर उत्तरपश्चिममा पर्ने कुप्वारा जिल्लाको मगाम हान्दवारा गाउँमा ती आतङ्ककारी मारिएका थिए ।

भारतीय प्रहरी काश्मिरका प्रवक्ताले जानकारी दिएअनुसार उक्त क्षेत्रमा निकै लामो समयदेखि उक्त आतङ्ककारी समूहमा आवद्ध लडाकूहरुको क्रियाकलापहरु बढिरहेका थिए ।
सो घटनालगत्तै मङ्गलबार बिहान पनि सो इलाकामा प्रहरी कारबाही जारी नै रहेको प्रहरीले जनाएको थियो । मङ्गलबार साँझबाट थप सैन्य बलले गस्ती सुरु गरेको बताइएको हो ।
भारतीय सहर मुम्बाईमा सन् २००८ मा भएको आक्रमणमा पनि यही लासकार ए तोइबा नामक आतङ्ककारी सङ्गठनको हात रहेको भारतले जनाउदै आएको छ ।
यस आक्रमणमा परी १६६ व्यक्तिको मृत्यु भएको थियो भने अरु सय भन्दा बढी घाइते भएका थिए ।
त्यसयता भारत सरकारले उक्त समूहलाई आतङ्ककारी समूहका रुपमा व्यवहार गर्दै आएको छ ।






