गोविन्द केसीले ‘बाजेको पेडा’ जस्तो नयाँशक्ति खोले हुन्छः ओली


प्रकाशित मिति : मंसिर २, २०७४ शनिबार

२ मंसिर, काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले शुक्रबार साँझ अन्नपूर्ण होटलबाट राप्रपा अध्यक्ष कमल थापालाई मात्रै थर्काएनन्, डा. गोविन्द केसीलाई पनि ‘आफ्नो थान्कामा बस्न’ चेतावनी दिए ।

सरकारले राष्ट्रपतिमार्फत पारित गराएको चिकित्सा शिक्षा  सम्बन्धी अध्यादेश अब आउने सरकारले खारेज गरिदिने एमाले अध्यक्ष ओलीले बताए ।

एउटा सरकारी कर्मचारीलाई अनसन बसाएर सरकारले उसँग वार्ता अनि सम्झौता गरेको र कर्मचारीले राष्ट्रपतिलाई लल्कारेको भन्दै ओलीले डा. गोविन्द केसीलाई आफ्नो थान्कोमा बस्न चेतावनी दिएका दिए ।

डा. केसीलाई राजनीति गर्न मन लागेको भए नयाँ शक्ति खोलेर राजनीतमा आए हुन्छ भन्दै ओलीले सरकारी कर्मचारी आफ्नो हैसियतमा बस्नुपर्ने आशय प्रकट गरे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ओलीले भने– ‘पोलिटिक्स गर्ने हो भने पोलिटिक्समा आए हुन्छ नि त । बरमझियाको बाजेको पेडाजस्तो नयाँ शक्ति, अझ नयाँ शक्ति, झन नयाँ शक्ति खोले हुन्छ ।’

एउटा सरकारी कर्मचारीले औंलो ठड्याएको फोटो खिचेर एमालेलाई चेतावनी दिन नसुहाउने ओलीले बताए ।

डा. गोविन्द केसी र स्वास्थ्यसम्बन्धी अध्यादेशबारे केपी ओलीले अन्नपूर्ण होटलबाट के–के भने ? पढौं अाेलीकै शब्दमाः

कति वर्षपछि मेडिकल कलेज खोल्न पाइन्छ कि पाइँदैन भन्ने कुरा १५ दिने सरकारले भन्ने होइन । कहाँ दार्चुलामा खोल्ने कि, सोलुखुम्बुमा खोल्ने कि, माथि किमाथांकातिर मेडिकल कलेज खोल्ने कि, काठमाडौंतिर खोल्ने कि, दुई/चार जना मान्छे भएका ठाउँमा खोल्ने कि, दुईचार लाख भएका ठाउँमा खोल्ने ? यो कुरा कि त सरकारले जान्दछ, कि त लगानीकर्ताले जान्दछ ।

यस्ता कुराहरुमा अहिले एउटा कर्मचारी अनसन बस्छ, अनि सरकारले कर्मचारीसँग वार्ता गर्छ, सम्वाद गर्छ । धुमधामसँग कर्मचारीसँग सम्झौता गर्छ सरकारले ! र, आफ्ना अनुकुलका निर्णयहरु केही भएन भने अध्यादेशमार्फत गराउँछ ।

अनि कर्मचारीले राष्ट्रपतिलाई लल्कार्छ । सरकारी कामकाजमा बाधा पुर्‍याउँछ । बेमतलवसँग एमालेको भनाइमा, एमालेको दबावमा भयो भन्छ । अहिले यसो भनेर के हुन्छ ? भोलि एमालेले बदर गर्दिन सकिहाल्छ नि । राष्ट्रपतिकहाँ गएर यसो गर्दिनोस्, यसो नगर्दिनोस् भनिराख्न के जरुरी छ एमालेलाई ? एमाले यस्ता कच्चा खेलहरु खेल्दैन ।

पोलिटिक्स गर्ने हो भने पोलिटिक्समा आए हुन्छ नि त । नयाँशक्ति भनेको छ, अर्को केके भनेको छ, अझ अर्को नयाँशक्ति ! बरमझियाको बाजेको पेडाजस्तो नयाँ शक्ति, अझ नयाँ शक्ति, झन नयाँ शक्ति खोले हुन्छ ।

एमाले चुप लागेर बसेको छ । सरकारले अध्यादेश बनायो रे । हामीलाई सोधिएको छैन । भनेको पनि छैन । हामीले थाहा पनि पाएको छैन । राष्ट्रपतिकहाँ अध्यादेश गयो अरे । त्यो पनि थाहा छैन ।

एउटा कर्मचारीले औंलो ठड्याएको फोटो खिचेर अनि एमालेलाई यस्तो उस्तो चेतानवी दिन्छौं भन्ने ? एमाले कर्मचारी नदेखिकन यहाँ आइपुगेको छ कि क्या हो ?


म केमात्रै भन्न चाहान्छु भने रुल अफ ल हुनुपर्छ देशमा । लजिकल हुनुपर्छ कुरा । कानूनसम्मत हुनुपर्छ । जोरजुलुम, जबरजस्ती, यस्तो उस्तो, यसरी देश चल्दैन । रुल अफ ल हुनुपर्छ । सरकारले रुल बनाउनुपर्छ, ल बनाउनुपर्छ । संविधानबमोजिम कानून, कानून वमोजिम नियम र नियम बमोजिम विनियम गरेर चलाउनुपर्छ ।

तर, एउटा कर्मचारीलाई अनसन बसाएर त्यहाँबाट अनेक तमासा गर्‍याे, अनि पोलिटिकल पार्टीलाई डिफेम गर्‍याे । अहिले के मतलव थियो यो हमला ? न अध्यादेश लेख्ने एमाले हो, न अध्यादेश स्वीकृत गर्ने एमाले हो, न नगर भन्ने नै एमाले हो । एमाले आफ्नो ठाउँमा छ । हामीसँग परामर्श केही गरिएको छैन, गाली गरेकोमात्रै सुनिराखेका छौं हामीले । अचम्म लाग्छ बा ! यो कस्तो पोलिटिक्स हो ?

एमालेलाई डिफेम गराउन, एमालेविरुद्ध वातावरण बनाउन अनेक आरोपहरु लगाउने ? हामी भनिराखेका छौं, स्वास्थ्य विमा हामीले गरेका हौं । डायलाइसिस फ्री हामीले गरेका हौं ।

यत्रो नेपाली विद्यार्थीहरु विदेशमा गएका छन् । प्राविधिक शिक्षाका नाममा नेपालीहरुको पैसा यति धेरै बाहिर गएको छ । यसकुरालाई कसरी रोक्ने ? यसमा छलफल गर्न सकिन्छ । तर, छलफल गर्ने होइन, सुझाव दिने होइन, अनि एमालेका विरुद्ध पाखुरा सुर्किएर कसको इन्ट्रेस्टका लागि काम भइराखेको छ ?

सरकारी जागिर खाने कर्मचारीहरु आफ्नो थान्कामा बसुन् । ठीक छ, पोलिटिक्स गर्ने हो भने मैदानमा आए हुन्छ । मैले यतिमात्रै भनौं ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com