सरकारले नै आचार संहिता उल्लंघन गरेको छ


प्रकाशित मिति : मंसिर १, २०७४ शुक्रबार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले सरकार र सत्तारुढ दलले नै निर्वाचन आचारसंहिताको उल्लंघन गरिरहेको आरोप लगाएका छन् ।
एमाले केन्द्रीय कार्यालय, धूम्रबाराहीमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता खनालले विभिन्न स्थानमा उम्मेदवारमाथि हमला गर्नेलाई कारबाही नभएको, एक रङमा मात्र निर्वाचन घोषणापत्र जारी गर्नुपर्र्नेमा नेपाली काँग्रेसले बहुरङमा घोषणापत्र प्रकाशन गरेको र सरकारले चार,पाँच सय प्रहरी अधिकृतको सरुवा गर्नाले आचारसंहिताको गम्भीर उल्लंघन भएको बताए ।

पूर्वप्रधानमन्त्री खनालले भने, “सरकारबाटै निर्वाचन प्रभावित पार्ने काम भइरहेको छ, यसको परिणाम नराम्रो हुन सक्नेछ । निर्वाचन आयोगले यस्ता काम तत्काल रोक्ने काम गरोस् ।”
उनले वाम गठबन्धनले जितेमा मुलुकमा तानाशाही आउँछ भनिनु गलत भएको हो भन्दै नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल नै शुरुमा कांग्रेसमा आबद्ध भए पनि त्यो पार्टीमा अलोकतान्त्रिक व्यवहार देखेर उनले कम्युनिष्ट पार्टी खोल्नुभएको स्मरण गराए ।
आफूहरु पूँजीवादी लोकतन्त्र नभई समाजवादी लोकतन्त्रका पक्षमा रहेको जनाउँदै नेता खनालले कम्युनिष्ट अधिनायकवादी हुन्छन् भन्ने कुरामा कुनै सत्यता नभएको जिकिर गरे । “वास्तवमा कांग्रेसले बहुमत ल्याएमा मुलुकमा तानाशाह आउँछ, वाम गठबन्धनले जितेमा मुलुकको राष्ट्रियता, लोकतन्त्र र समृद्धिको यात्रामा तीव्रता आउनेछ ।”
उहाँले एमाले र नेकपा माओवादी केन्द्रबीच निर्वाचनपछि पार्टी एकता हुनेमा कुनै प्रश्न नरहेको बताउँदै अहिले नै एकै निर्वाचन चिह्न हुन सकेको भएमा राम्रो हुन्थ्यो भन्ने आवाज जनस्तरबाट आएको जनाए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com