आफन्तबाटै असुरक्षित महिला


प्रकाशित मिति : मंसिर १, २०७४ शुक्रबार

काठमाडौं । समाजमा यस्ता घटना पनि घट्छन् जुन पत्याउनै गाह्रो हुन्छ । आफ्नै बाबु, आफ्नै दाजुभाई र आफन्तैबाट जवरजस्ती करणी गरेको घटना बेला-बेलामा सञ्चारमाध्यममा सुन्न र पढ्न सकिन्छ ।

गत शनिबार कार्तिक २५ गते काभ्रेको पाँचखालमा यस्तै घटना घट्यो । आफ्नै दाजुबाट बहिनी बलात्कृत भईन् । १२ बर्षीया बहिनीलाई जवरजस्ती करणी गरेको अभियोगमा पाँचखाल नगरपालिका –१२ खहरेगाँउ बस्ने २२ बर्षीय दाजुलाई प्रहरीले पक्राउ गर्यो ।

काभ्रे प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्रप्रसाद मरासिनीले आवश्यक अनुसन्धान भइरहेको बताए ।  महिला खबरसँग कुरा गर्दै डिएसपी मरासिनीले भने, – ‘केश प्रक्रियाको क्रममा छ, डाक्टरको रिपोर्टको आधारमा आवश्यक कारवाही अगाडी बढाउँछौं । ‘
यस्तै गत जेठमा पाँचथर च्याङथापुका एक व्यक्तिले १७ वर्षीया आफ्नै छोरीलाई बलात्कार गरे । पीडितको उजुरीका आधारमा आरोपित ४६ वर्षीय बाबुलाई प्रहरीले पक्राउ गर्यो ।  युवतीले गत जेठ २२ गते बाबुविरुद्ध जिल्ला प्रहरी कार्यालय पाँचथरमा उजुरी दिएकी थिइन् ।
प्रहरी निरीक्षक विज्ञान बस्नेतले बाबुले छोरीलाई विगतदेखि नै पटक–पटक बलात्कार गर्दै आएको पीडितले बताएपछि पक्राउ गरेर अदालतमा पेश गरेको बताए ।  पीडितकी आमाले पाँच वर्षअघि दोस्रो विवाह गरेपछि घरमा बाबुछोरी मात्रै बस्दै आएका थिए ।

बाबुले पटक–पटक बलात्कार गर्दै आएको भएपनि पीडित बालिकाले बाबुको डर तथा लाजले आफन्त, छिमेकी तथा प्रहरीलाई खबर गरेकी थिइनन् । तर, पछिल्लो पटक मादकपदार्थ सेवन गरी आएका बाबुले बलात्कार गर्नुका साथै धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए ।
टाउकोमा चोट लागेकी पीडित बालिकाले पीडा सहन नसकेर आफन्त तथा छिमेकीको सहयोगमा उजुरी गरेकी थिइन् ।  पीडित बाबुलाई पुर्वपक्षको लागि जेल चलान गरिएको र बाँकी फैसला हुन बाँकी रहेको जिल्ला अदालत पाँचथरका श्रेस्तेदार टेकेन्द्रजंग रानाले जानकारी दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसैगरी यही हप्ता सर्लाही घरभई हाल काठमाडौं महाराजगञ्ज बस्दै आएकी २४ वर्षीय महिलालाई आफैँ जेठाजुले पटक-पटक यौन दुव्र्यवहार गरेको भन्दै उनले राष्ट्रिय महिला आयोगमा उजुरी दिइन् ।  आयोगकी कानुन अधिकृत निर्मला गुरुङले आयोगले उजुरीका आधारमा आवश्यक छानविनका लागि महाराजगञ्जस्थित प्रहरी वृतमा पत्रचार गरेको बताइन् ।  आयोगमा पर्नेे अधिकांश महिलाका घटना आफन्तबाटै हिंसामा परेको आउने गरेको अधिकृत निर्मलाले बताइन् ।

यि त एउटा उदाहरण मात्रै हुन् । तर हाम्रो समाजमा आफन्तैबाट महिला तथा बालिकाहरु यौन दुव्र्यवहार र बलात्कार भएका घटनाहरु धेरै छन् ।  नेपाल प्रहरीको तथ्याङक अनुसार आर्थिक वर्ष २०७२-७३ मा ९ सय ६३ वटा जबरजस्ती करणीका घटना घटेका थिए । यस्तै ७३-७४ मा १ हजार १३९ वटा घटना घटे । जसमध्ये अधिकांश घटना आफन्तैबाट, छरछिमेकबाट घटेको नेपाल प्रहरीले जनाएको छ ।

सर्वोच्च अदालतको बार्षिक प्रतिवेदन अनुसार देशभरका अदालतमा ०७१-०७२ मा ७१ वटा हाडनाता करणीका मुद्धा दर्ता भएको थिए । यस्तै ०७२-०७३ हाडनाता करणीका ८२ वटा मुद्धा दर्ता भएको थियो ।
महिला अधिकारकर्मी हरीप्रिया पाण्डेले समाजमा हुने यस्ता घटनामा महिला आफैँ सचेत हुनुपर्ने बताउँछिन् ।  उनी भन्छिन्– ‘सबै घरपरिवार परिवारमा महिला असुरक्षित छन् पनि भन्न मिल्दैन् । कहिकतै त्यस्ता घटनाहरु पनि घटेका छन् । त्यसकारण महिला आफैँ सजग हुनुपर्ने देखिन्छ ।’

महिला पुनर्स्थापना केन्द्र (ओरेक नेपाल)की उपाध्यक्ष लक्ष्मी तामाङले यौन हिंसामा परेका महिलाहरुमा शारीरिक र मानसिक समस्या देखिने बताइन् । उनले परिवारबाटै यौंन हिंसामा परेका महिलालाई पुनः परिवारमा  पुनर्स्थापना गर्न असहज हुने बताइन् ।  उनले भनिन् – ‘यौन हिंसामा परेका महिला एवम् बालिकालाई परिवारमा पुनस्र्थापना गर्नुपुर्व परिवारलाई नै परामर्श दिनुपर्ने देखिन्छ । ’

फौजदारी कसुर सम्बन्धी नयाँ कानुन

नेपालको फौजदारी सम्बन्धी नयाँ कानुनमा कसैले हाडनाता करणी गरे जन्मकैद हुने भएको छ । समाजमा आफन्तबाटै महिला एवम् बालिकाहरु बलात्कृत भैरहेको अवस्थामा फौजदारी कसुर सम्बन्धी नयाँ कानुनले यस्तो व्यवस्था गरेको हो ।
त्यस्तै जन्माउने आमा छोराको वा बाबु छोरीको करणी भएमा जन्मकैद हुनेछ । यसअघि मुलुकी ऐनले पनि आफूलाई जन्माउने आमाको करणी गर्नेलाई जन्मकैद हुनेछ भनिएको थियो ।

आफ्ना एकै बाबुबाट जन्मेका दिदी बहिनी वा आफूले जन्माएका छोरीको करणी गर्नेलाई दश वर्ष कैदको व्यवस्था गरेको थियो ।
यस्तै सौतेनी आमा छोरा वा बाबु छोरी, सहोदर दिदी भाई वा दाजु बहिनी, एकै हाँगाको ससुरा बुहारी, एकै हाँगाको बाजे नातिनी वा पनातिनी, एकै हाँगाका जेठाजु र भाई बुहारी वा देवर भाउजुको करणी भएमा चार वर्ष देखि दश वर्षसम्म कैद र चालीस हजार रुपैँया देखि एक लाख रुपैँया सम्म जरिबाना हुने भनिएको छ ।

एकै हागाँको तीन पुस्तासम्मको बज्यै, नाति वा पनाती, एकै हागाँको ठूलो वावु वा काका भतिजी, एकै हाँगाको भतिजो ठूली आमा वा काकी, एकै हाँगाको ससुरो भतिजी बुहारी, साख्यै मामा भाञ्जी वा भानिज माइजु, आमा तर्फको ठूली आमा वा सानी आमा र छोरा र आफनी श्रीमती तर्फकी सासू र ज्वाईको करणी भएमा तीन वर्ष देखि ६ वर्षसम्म कैद र तीस हजार रुपैँया देखि साठी हजार रुपैँयासम्म जरिबाना हुने भनिएको छ ।
यि बाहेक आफ्नो वंशका सात पुस्तासम्मका अन्य नातामा करणी भएमा हाँगो, नाता र पुस्ता समेत विचार गरी एक वर्ष देखि तीन वर्षसम्म कैद र दश हजार रुपैँया देखि तीस हजार रुपैँया सम्म जरिबना हुने भनिएको छ । फौजदारी सम्बन्धि नयाँ कानुन राष्ट्रपतिबाट प्रमाणिकरण भइसकेको छ । यो २०७५ भदौ १ गतेबाट लागू हुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com