दुई मिनेट लाग्छ, तीन ठाउँमा भोट हाल्न


प्रकाशित मिति : कार्तिक २९, २०७४ बुधबार

कात्तिक २९ काठमाडौं, निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदाता शिक्षा प्रभावकारी बनाउन ‘नमूना मतदान’ अभ्यास गरेको छ।
आयोगले बुधबार मतदान गर्ने सही तरिका, मतपत्र बदर नहोस् र मतदान गर्ने समय कति लाग्छ भन्ने समय निर्धारणका लागि आफ्ना कर्मचारीद्वारा नमूना मतदान अभ्यास गरेको प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले जानकारी दिए।
नमूना मतदानबाट मतदान केन्द्रले ओगट्ने स्थानको जानकारी हुने र कर्मचारीको व्यस्थापनमा पनि सहजता हुने बताए । पहिले आफ्ना कर्मचारीलाई सिकाएर त्यसपछि फिल्डमा सिकाउन खटाउने योजनाअुनसार हाल जिल्ला जिल्लामा नमूना मतदान भइरहेको छु उनले भने। उम्मेदवारमाथि भएका केही आक्रमणका घटनाका सम्बन्धमा प्रमुख आयुक्त डा यादवले दुःख व्यक्त गर्दै त्यस सम्बन्धमा सरकारसँग उच्चस्तरमा कुरा भइरहेको र यसलाई सरकारले गम्भीरतापूर्वक लिई सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउने प्रतिबद्धता व्यक्त गरेको गरे।

शुरुमा नमूना मतदान गरेका निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले तीनवटै मतपत्रमा मतदान गर्न एकजना मतदातालाई २ मिनेट समय लागेको बताए। यसले मतदान गर्ने सही तरिका, मतपत्र बदर नहोस् र मतदान गर्ने समयका बारेमा समेत जानकारी हुने बताए। आयोग परिसरमा गरिएको नमूना अभ्यासमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सुरक्षाकर्मी, स्वंसेवक, पर्यवेक्षक, मतदान प्रतिनिधि, सञ्चारकर्मीलगायत सम्पूर्ण व्यवस्था गरिएको थियो। नमूना मतदानमा तथ्याङ्कबमोजिम महिला पुरुषको लाइनअनुसार मिलाएर नाम रुजु गरी पहिले हरियो मतपत्र ९प्रतिनिधिसभाको० प्रदान गरिएको थियो।

कर्मचारीले त्यसमा मन परेको कुनै एक चिह्नमा स्वस्तिक छाप लगाई पहिलो मतपेटिकामा खसालेका थिए। त्यसपछि दोस्रो कालो मतपत्र ९प्रदेशसभाको० दिइएको थियो। त्यसमा पनि मन परेको कुनै एक चिह्नमा छाप लगाई सकेपछि कर्मचारीले दोस्रो मतपेटिकामा मतपत्र खसालेका थिए। लगत्तै तेस्रो रातो मतपत्र ९समानुपातिक० दिइएको थियो। उक्त मतपत्रमा माथि प्रतिनिधिसभाका दलको चिह्न थियो भने तल प्रदेशसभाका दलको निर्वाचन चिह्न थियो। कर्मचारीले त्यस मतपत्रमा माथि एक र तल एक गरी दुई स्वस्तिक छाप लगाइसकेपछि अन्तिम मतपेटिकामा मतपत्र खसालेका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com