बस भाडा नै नदिए, किन जाने भोट हाल्न ? मतदाता


प्रकाशित मिति : कार्तिक २९, २०७४ बुधबार

चरिकोट । न्यानो कपडा बोकेर विक्रीका लागि बजार चहार्दै गर्दा कालिकोट जिल्ला तिलागुभा नगरपालिका–१ का ३५ वर्षीय वीरबहादुर बुढा सदरमुकाम चरिकोटमा भेटिए ।
तपार्इंले बोकेको के हो रु भन्दा उनले जवाफ दिए, “यो झिल्के हो ।” त्यसको विक्री मूल्य सोध्दा २ हजार ५०० पर्छ भन्दै गफिन खाजे । उनीजस्तै कालिकोटबाटै आएका उनका दाजु नरिलाल बुढा र काकासहित परिवारका चारजना जाँडोको समयमा आवश्यक पर्ने सामान बिक्रीका लागि गाउँ र टोलमा घुमिरहेको बुढाले बताए ।
दैनिकीबारे सोध्दा उनले यसरी भने, हामी दोलखा आएको धेरै भयो, पैसा कमाइन्छ की भनेर हामीले पनि सामान किनेर बेच्न ल्याएका हौँ तर खासै बिक्री भएको छैन । बुढाले जाडोमा प्रयोगमा आउने सामान डुलाउँदा पनि बिक्री हुन नसकेकोमा चिन्ता व्यक्त गरे ।
“हामी सामान्य होटलमा बसेका छौं १० दिनको एक हजार रुपैयाँ तिर्छौ । बुढालाई व्यापार भए चुनावमा घर गई भोट हाल्ने रहर पनि छ तर सामान थुप्रै मात्रामा बिक्री हुन बाँकी छ , यो निर्वाचनमा भोट हाल्न जाने की नजाने दोधारमा थियौँ हामी चारैजना,” उनले दुःखेसो पोख्दै भने, गाउँ नजाने भइयो।” उनलाई जिल्लामा निर्वाचनमा कोको उठेका छन् भन्ने पनि थाहा छ रे ।
बुढा भन्छन, हाम्रो जिल्ला कालिकोटबाट नेपाली काँग्रेसबाट भुपेन्द्रजंग शाही, नेकपा ९माओवादी केन्द्र०बाट उज्ज्वल रावत, नेकपा एमालेबाट कुर्म शाही उम्मेदवार भएका छन् तर कुनै उम्मेदवारले पनि भोट माग्न आएका छैनन् हाम्रो दुःख हामीसँगै छ । भोट हालेर के हुन्छ र रु यो पटक गाडी भाडा नै नहुने भएपछि भोट हाल्न नजाने बुढाको भनाइ छ ।
बुढा निरासिँदै भन्छन्, “नेताले विकास गर्दै हाम्रो जिल्लाको विकास भए हाम्रा छोराछोरी तथा नातीनातिनीलाई राम्रो हुने थियो तर अहिले जिल्लाको विकास भन्दा आफ्नै परिवार र नातागोताको मात्रै विकास गर्छन् नेताले । ” दुर्गम कालिकोटबाट यहाँ हरेक वर्ष ज्याकेट, सिरक, ओच्छयाउने, बिच्छाउने, तन्नाजस्ता कपडाका सामग्री बोकेर जुम्ला, कालिकोट लगायतका व्यापारी यहाँ आउछन् ।
उनी जस्तै कालिकोटके अर्का व्यापारी लक्ष्मी अधिकारी भन्छन, “हाम्रो परिवार चुनावले पालिदैन, हामो जीविका पनि छ, नेतालाई भोटको चिन्ता, हामी गरिबलाई नोटको चिन्ता, त्यसैले हामीलाई चुनाव भन्दा हाम्रो परिवार पाल्न सकस छ, हामी सायद भोट हाल्न कालिकोट जाँदैनौं ।” उनले भने, “नेता चुनावको समयमा अनेकथरी गरिदिने आश्वासन त दिन्छन् तर निर्वाचन सकिएपछि केही पनि गर्दैनन् त्यसैले किन भोट हाल्न जानु ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com