व्यवसायी हत्यारा पत्ता लगाउन माग राख्दै विद्यार्थी विरोध र्‍यालीमा


प्रकाशित मिति : कार्तिक २९, २०७४ बुधबार

कात्तिक २९ दमक ९झापा० स् त्रिवेणी गेस्ट हाउसमा शनिबार भएको व्यवसायीको हत्यामा संलग्नलाई कारबाही नभएको भन्दै दमकमा विद्यार्थीले विरोध र्‍याली निकालेका छन्। गेष्ट हाउसका व्यवस्थापक समेत रहेका स्थानीय हिमालय माविमा कक्षा १२ मा अध्ययनरत १९ वर्षीय राजेश मल्लिक गत शनिबार हत्या गरिएको अवस्थामा फेला परेका थिए। प्रहरीले अझैसम्म हत्यारा पत्ता नलगाएको भन्दै दमकका क्याम्पस र विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले विरोध र्‍याली निकाली नगरका विभिन्न क्षेत्रको परिक्रमा गरेको थियो।

हत्यारालाई जति सक्दो चाँडो कारबाहीको माग गर्दै र्‍याली निकालेको दमक बहुमुखी क्याम्पसका स्ववियू सचिव रोशन भण्डारीले जानकारी दिए। दोषीले उन्मुक्ति नपाओस् र पीडित परिवारले न्याय पाओस भन्ने उदेश्यले र्‍याली निकालिएको स्ववियू सभापति विनोद चापागाईँले बताए।
मल्लिकको हत्या बारेको अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। दमक प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरीले भने, ‘हामी अनुसन्धानको अन्तिम चरणमा पुगेका छौं, केही दिनमामै कुरा हामी सार्वजनिक गर्नेछौं।’ संलग्नका बारेमा विभिन्न पहिचान प्राप्त भएको र सोही आधारमा अनुसन्धान प्रक्रिया अघि बढाएको उनले बताए।

मल्लिकको हत्या पछि सो गेष्टहाउस रहेको सुपरमार्केट अझै बन्द छ। हत्या पछिको त्रास र शोकका कारण मार्केटमा रहेका एक दर्जन भन्दा पसल खुल्न नसकेका हुन्। सो सुपरमार्केटमा होटल, गेष्टहाउस, इलेक्ट्रोनिक्स, कपडा, रेमिट्यान्स, डेण्टल, सहकारी संस्था लगायतका एक दर्जन भन्दा पसल छन्। मल्लिकको हत्याले अधिकांश व्यवसायी शोक र त्रासमा रहेका कारण व्यवसाय सहज हुन नसकेको व्यवसायी सन्तोष अधिकारीले बताए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com