चिनियाँ कम्पनीले थाल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम


प्रकाशित मिति : कार्तिक २८, २०७४ मंगलबार

२८ कात्तिक पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण धेरै चोटी धेरै दलका चुनावी एजेन्डा बन्यो । यतिबेला पनि देश चुनावमय भइरहेको छ र यसपटकको निर्वाचनमा पनि कास्कीका कुनै उम्मेदवारको घोषणापत्रमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको एजेन्डा छुटेको छैन । राजनीतिक दलले विमानस्थल निर्माण सम्पन्न गर्ने र पोखरालाई अन्तर्राष्ट्रिय शहर बनाउने नारा शहरमा घन्काइरहेका बेला विमानस्थल निर्माणको काम भने चुपचाप सुरु भएको छ । नेपाल चुनावी रन्कोले तातिरहेका बेला चिनियाँ निर्माण कम्पनी सीएएमसीले आफ्नै संस्कृतिअनुसार पूजा गरेर आइतबारदेखि निर्माणको काम थालेको हो ।

सधैं विमानस्थल सम्बन्धी केही कुरा भइहाले पनि चर्चा सुरु भइहाल्ने र नेताले जस लिन तछाडमछाड हुने अवस्थामा यसपटक डोजर, लोडर, टि्रपल लगायतका निर्माण उपकरण विमानस्थल निर्माणमा खटिँदा कसैले सुइँको पाएनन् ।

चिनियाँ संस्कृतिअनुसारको पूजा गरी निर्माण उपकरण र मजदुरलाई जमीन सम्याउन काममा खटाएको ठेकेदार कम्पनीका पोखरा विमानस्थल परियोजनाका प्रमुख जेरी याङले जानकारी दिए । चिनियाँ निर्माण कम्पनीका तर्फबाट चिनियाँ परम्पराअनुसार नै पूजा गरिएपछि विमानस्थल आयोजना प्रमुख इन्जिनियर प्रदीप अधिकारीले निर्माणको काम उदघाटन गरेका थिए ।

शिलान्यासको झन्डै २ वर्षपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सुरु भएको हो । अहिले हिउँदसम्ममा विमानस्थलको जमीन सम्याउने काम सक्ने गरी मजदुर खटिएका छन् ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

राष्ट्रिय गौरवको यो विमानस्थलको निर्माण चीनको एक्जिम बैंकको करिब २२ अर्ब रुपैयाँ ऋणमा हुन लागेको हो । विमानस्थल परियोजनाका प्रमुख जेरी याङका अहिले १ दर्जनभन्दा बढी उपकरण र एक सय मजदुर फिल्डमा खटिएका छन् । ५० भन्दा बढी उपकरण र मजदुरीमा अधिकांश नेपाली कामदार खटिएको चिनियाँ कम्पनीका परियोजनाका प्रमुख याङले जानकारी दिए ।

विमानस्थल निर्माणको काम थाल्न याङ नेतृत्वको चिनियाँ टोली साउनमै पोखरा आएर आवास र कार्यालय प्रयोजनको अस्थायी भवन निर्माणमा लागेको थियो । अहिले त्यो काम पूरा भएसँगै निर्माणको काम थालिएको हो । चिनियाँ कम्पनीले काम थाले पनि नेपाल सरकारले पूरा गर्नुपर्ने प्रक्रिया भने अझै नसकेको बताउँदै याङले प्रक्रिया पनि हुँदै जाने र काम पनि अघि बढाउँदै गर्दा समयमै काम सकिने विश्वास व्यक्त गरे ।

दुई देशबीच सबै कानुनी जटिलता टुंगिएर निर्माण प्रक्रियामा गएको र अबको एक वर्ष डिजाइनिङ चरण रहने कम्पनीले जनाएको छ । १० जुलाई २०२१ भित्र निर्माण सकेर नेपाललाई हस्तान्तरण गर्नुपर्ने सम्झौतामा छ ।

‘सम्झौताअनुसार समयभित्रै विमानस्थल निर्माण पूरा हुने गरी काम थाल्दैछौं,’ याङले भने, ‘वर्षायाम भएकाले पहिला आफूहरू बस्ने शिविर बनाइएको र हिउँद लाग्नासाथ हेबी इक्विपमेन्टमार्फत काम थालिएको हो ।’

एक्जिम बैंकको ऋण रकममध्ये ७५ प्रतिशत (बैंकको २ प्रतिशत ब्याजमा) र २५ प्रतिशत चीन सरकारको निब्र्याजी ऋणमा विमानस्थल निर्माण हुन लागेको हो । इपिसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्ट्रक्सन) मोडलमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेसनको मापदण्डअनुसार ‘४डी’ विमानस्थल बन्न लागेको छ । यसमा बोइङ ७५७ र एयरबस ३२० जहाज अवतरण र उड्न सक्छन् । विमानस्थलको धावनमार्ग २ हजार ५ सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको हुनेछ । राष्ट्रिय र अन्तर्राष्ट्रिय टर्मिनल भवन, ४ वटा बोर्डिङ कक्ष, ट्याक्सी वेलगायतका पूर्वाधार पनि बन्नेछन् । सीएएमसीले ०७१ वैशाख २९ मा ठेक्का पाएको र निर्धारित समयमा निर्माण पूरा नगरे नेपाल सरकारलाई क्षतिपूर्ति दिने सर्त छ ।

विमानस्थलका लागि सरकारले ०३२ मा ३ हजार १ सय ६ रोपनी जग्गा लिएको थियो । त्यतिले नपुगेपछि ६ सय २९ रोपनी जग्गा थप अधिग्रहण गरिएको थियो । जग्गा अधिग्रहण, मुआब्जा वितरणलगायत स्थानीयस्तरमा सबै समस्या समाधान भइसकेका छन् ।

पूर्वप्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका बेला दुई देशबीच ऋण सम्झौता भएर निर्माण प्रक्रिया अघि बढाउने निर्णय भएको थियो ।विमानस्थलको ०७३ वैशाख १ मा तत्कालीन प्रधानमन्त्री केपी ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, तत्कालीन उपप्रधानमन्त्रीद्वय कमल थापा र विजयकुमार गच्छदार, तत्कालीन पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेल र कांग्रेस महामन्त्री शशांक कोइरालाले संयुक्त रुपमा शिलान्यास गरेका थिए ।

सरकारले ०३२ मा जग्गा अधिग्रहण गरे पनि सरकारसँग बजेट अभाव भएको, दातृ निकाय फेला नपरेको र पछि नागरिक उड्डयन प्राधिकरणले ठेकेदार कम्पनी छनोट गर्न ढिलाइ गरेकोले विमानस्थल निर्माण अलपत्र थियो । पछिल्लो समय पोखरेलीको निरन्तर दबाव, सरकारको तदारुकता, राजीतिक दलको एकता र चीनको सहयोगले काम गरेको छ ।

०२६ मा जापानको इकावा नामक संस्थाले विस्तृत अध्ययन गरेर पोखरामा विमानस्थलको ठाउँ छनोट भएको थियो । ०२९ मा प्यासिफिक एसोसिएसन अफ ट्राभल्स एजेन्सी (पाटा) ले पनि विमानस्थल बनाउन भनेको थियो । ०३२ चैत २ मा ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com