पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको निधन


प्रकाशित मिति : कार्तिक २५, २०७४ शनिबार

२५ कात्तिक, काठमाडौं । नेपालका बरिष्ठ राजनीतिज्ञ एवं पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको शनिबार अाफ्नै निवासमा निधन भएको छ ।

९० वर्षीय बिष्ट लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए ।

शनिबार बिहान साढे १० बजे काठमाडाैंकाे ज्ञानेश्वरस्थित अाफ्नै निवासमा बिष्टकाे निधन भएको परिवारिक स्रोतले अनलाइनखबरलार्इ जानकारी दियो ।

पूर्वप्रधानमन्त्री विष्ट करिब एक वर्षदेखि बेडमै अाराम गरिरहेका थिए ।

बिष्ट तीनपटक प्रधानमन्त्री र एक पटक मन्त्रिपरिषद्का उपाध्यक्ष भएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com