पूर्वसभामुख नेम्वाङसँग भिड्दै अठहत्तर वर्षीय वृद्ध


प्रकाशित मिति : कार्तिक २३, २०७४ बिहीबार

इलाम, २३ कात्तिक । मंसिर २१ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा इलाम क्षेत्र नं २ बाट एकजना वृद्धले उम्मेदवारी दिनुभएको छ ।

चुलाचुली गाउँपालिका–३ हात्तीढुंगेका ७८ वर्षीय दलबहादुर राई राष्ट्रिय जनता पार्टीका तर्पबाट पूर्वसभामुख सुवास नेम्वाङसँग चुनाव लड्दै हुनुहुन्छ । उक्त क्षेत्रमा पूर्वराज्यमन्त्री केशव थापा नेपाली काँग्र्रेसबाट उम्मेदवार हुनुहुन्छ ।

जिल्लाका उम्मेदवारमध्ये सबैभन्दा ज्येष्ठ नागरिक राई नै रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । “ज्येष्ठताका आधारमा मैले चुनाव जित्छु”, राईले भन्नुभयो ।

राईका प्रमुख प्रतिस्पर्धी नेम्वाङ उहाँभन्दा १४ वर्ष तथा थापा २० वर्ष कान्छा हुनुहुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै, क्षेत्र नं २ को प्रदेशसभा (क) मा उम्मेदवारी दिनुभएका संघीय समाजवादी फोरम नेपालका बखतबहादुर आङ्देम्बे पनि ७० वर्ष पुग्नुभयो । उहाँ १५ वर्ष कान्छो उम्मेदवार नेकपा (एमाले)का राम राना तथा राप्रपाका ३१ वर्षीय नसिप राईसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

अविवाहित उम्मेदवार 

जिल्लाका उम्मेदवारमध्ये सबैभन्दा कान्छा क्षेत्र नं २ प्रदेशसभा (ख) मा संघीय समाजवादी फोरमबाट उठ्नुभएका २६ वर्षीय मणिविक्रम लिम्बू हुनुहुन्छ । यस्तै मंगोल नेशनल अर्गनाइजेशनबाट क्षेत्र नं १ को प्रदेशसभा (ख) मा २८ वर्षीय राजन चाम्लिङ उम्मेदवार हुनुहुन्छ । दुवै उम्मेदवार अविवाहित हुनुहुन्छ ।

सोही क्षेत्रमा नयाँशक्तिबाट उठ्नुभएका २९ वर्षीय रामप्रसाद सञ्जेल तथा विवेकशील साझा पार्टीबाट प्रतिनिधिसभाको लागि क्षेत्र नं १ मा उम्मेदवार बन्नुभएका २७ वर्षीय सचेन घले अविवाहित हुनुहुन्छ । घले पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

दुई जनामात्र महिला उम्मेदवार 

जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्ष तर्पmका ५१ उम्मेदवारमध्ये दुईजना मात्र महिला रहेका छन् । उनीहरू एउटै प्रदेशबाट उम्मेदवार बनेका छन् ।

नेकपा (एमाले)का तर्पmबाट खिनु लङ्वा लिम्बू र संघीय समाजवादी फोरम नेपालका तर्पmबाट लासाङ तामाङले क्षेत्र नं १ प्रदेशसभा ‘क’मा उम्मेदवारी दिनुभएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com