उपत्यकाका सार्वजनिक सवारी चालक सहचालकको पोशाक तोक्ने


प्रकाशित मिति : कार्तिक २३, २०७४ बिहीबार

२३ कात्तिक, काठमाडौं । काठमाडौँमा गुड्ने सार्वजनिक सवारीका चालक तथा सह(चालकलाई विशेष पोशाक ९युनिर्फम०को व्यवस्था गरिने भएको छ । यातायात मजदुरको पहिचान झल्किने गरी विशेष पोशाक तोक्ने तयारी गरिएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सार्वजनिक सवारीका चालक तथा सहचालकलाई अनुशासित बनाउन छुट्टै ड्रेसको व्यवस्था गर्नेबारे छलफल अघि बढाएको छ ।

पहिलो चरणमा भएको छलफलमा नै उपत्याकका झण्डै ५० वटा यातायात समितिले युनिर्फम तोक्ने विषयमा सहमति जनाएको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता बरिष्ठ प्रहरी उपरीक्षक उमेश रञ्जितकारले जानकारी दिए ।

यो प्रयासलाई सफल बनाउन महाशाखा प्रमुख सर्वेन्द्र खनाल आफैं व्यवसायीसँग चरणबद्ध छलफलहरुमा सक्रिय छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘सोमबार फेरि वृहत छलफल गर्छौं । सो छलफलमा कस्तो किसिमका ड्रेस, कसरी लागू गर्ने भन्नेबारे निर्णय हुन सक्छ,’ रञ्जितकारले भने,’व्यवसायीहरुले नै आफ्नै खर्चमा यो व्यवस्था लागू गर्ने भएकाले उहाँहरुकै सहमतिमा निर्णय हुन्छ ।’

सार्वजनिक सवारीमा यात्रुहरु चालक तथा सहचालबाटै दुब्र्यवहारमा पर्ने क्रम पछिल्लो समयमा बढेको छ । उनीहरुलाई आफ्नो पेशाप्रति उत्तरदायी बनाउन युनिर्फम तोक्न लागिएको ट्राफिक प्रहरीले जनाएको छ ।

‘यसले अन्तर्राष्ट्रिय रुपमा पनि राम्रो सन्देश जान्छ,’ प्रवक्ता रञ्जितकारले भने,’भीडमा पनि यातायात मजदुरलाई सजिलै चिन्न सकिन्छ । पोशाक लगाएपछि चालकरसहचालककको व्यवहारमा सुधार आउँछ । यसले उनीहरुलाई मर्यादमा बस्ने बोध पनि गराउँछ ।’

उपत्याकामा झण्डै ३२ हजार सार्वजनिक सवारी चल्ने गरेका छन् । ट्याक्सीका हकमा पनि युनिर्फमको व्यवस्था गर्न लागिएको महाशाखाले जनाएको छ ।

कुनै नीतिगत वा कानुनी व्यवस्थामार्फत नभएर व्यवसायीलाई जिम्मेवार बनाएर यसलाई लागू गर्न लागिएको हो ।

‘यो भएपछि सार्वजनिक यातायातको मजदुरको व्यवहारमा पनि परिवर्तन आउँछ । सार्वजनिक सवारीको गरीमा पनि बढ्छ,’ रञ्जितकारले भने,’ हामी यो व्यवस्था तत्काल लागू गर्न आतुर छौं ।’ यसले दुर्घटनामा पनि कमी ल्याउने अपेक्षा ट्राफिक प्रहरीको छ ।

अहिले साझा यातायात, केही ट्याक्सी सेवा प्रदायक कम्पनीले चालकका लागि पोशाक तोकेका छन् ।
उपत्यकाका निजी विद्यालयका बसका चालक तथा सहचालकलाई पनि छुट्टै पोशाक व्यवस्था गर्न महाशाखाले प्याबसन तथा एन प्याबसनलाई आग्रह गरेको छ । दुई संस्थाले मंसिरको सुरुबाट विशेष पोशाक व्यवस्था गर्न सहमति जनाएका छन् ।
अन्तर्राष्ट्रिय रुपमा पनि सार्वजनिक सवारी चलाउनेले आफ्नो पहिचानका लागि विशेष पोशाक लगाउने चलन छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com