कागजातविहीन आप्रवासीमाथि धरपकडको त्रास: सोनोमा काउन्टीको अर्थतन्त्रमा गम्भीर असर


प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार

Photo: Tim Mossholder/ Unsplash

राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा अध्यागमन कार्यान्वयन तथा सामूहिक देश निकाला अभियानको पृष्ठभूमिमा सार्वजनिक भएको एउटा नयाँ प्रतिवेदनले सोनोमा काउन्टी र त्यहाँका कागजातविहीन बासिन्दाहरूको आर्थिक तथा मानवीय स्थितिलाई उजागर गरेको छ।

‘बे एरिया काउन्सिल इकोनोमिक इन्स्टिच्युट’ द्वारा जारी प्रतिवेदन अनुसार, सोनोमा काउन्टीमा रहेका २१,००० भन्दा बढी कागजातविहीन आप्रवासीहरूले वार्षिक करिब २.३ बिलियन अमेरिकी डलर बराबरको आर्थिक गतिविधि सिर्जना गर्छन्। उनीहरूले कृषि क्षेत्रमा ३०%, प्रशासनिक काममा १९% र सेवा क्षेत्रमा १३% रोजगारी धानेका छन्।

सोनोमा काउन्टीमा कुल ७९,००० आप्रवासीहरू बसोबास गर्छन्, जुन यहाँको कुल जनसङ्ख्याको करिब १७% हो। प्रतिवेदन अनुसार यी आप्रवासी बासिन्दाहरूले सङ्घीय, राज्य र स्थानीय तहमा

गैर-नाफामूलक तथा गैर-पक्षीय संस्थाकी अनुसन्धान उपाध्यक्ष एबी राइजका अनुसार, देशका अन्य भागहरूमा जस्तै यहाँ पनि धरपकड र पक्राउ तीव्र बनाइएमा स्थानीय अर्थतन्त्र डामाडोल हुनुका साथै समुदायको संरचना नै भत्किनेछ।

“हाम्रो मुख्य निष्कर्ष के हो भने, अर्थतन्त्रमा असर पर्न देश निकाला नै हुनुपर्छ भन्ने छैन; पक्राउ पर्ने त्रास र भयले मात्रै पनि ठूलो क्षति पुर्‍याउन सक्छ,” राइजले भनिन्। देशका अन्य भागमा भएका धरपकडका खबरले गर्दा आप्रवासीहरू काममा जान, बालबालिकालाई विद्यालय पठाउन र कतिपय अवस्थामा देश नै छाड्न बाध्य भइरहेका छन्।

सङ्घीय निकाय आइसले क्यालिफोर्नियाभर आफ्नो अभियान तीव्र पारेका समाचारहरूसँगै स्थानीय समुदायमा भयको वातावरण सिर्जना भएको छ। हालै आप्रवासी अधिकारका लागि काम गर्ने समूहहरूले पेटालुमादेखि क्लोभरडेलसम्म तीन दिने पैदल यात्रा आयोजना गरेका थिए। सोनोमा काउन्टी सेन्क्चुअरी कोलिसनका आयोजक रेने साउसेडोका अनुसार, आइसको धरपकडमा परिने डरका कारण सोचेभन्दा कम मानिसहरू उक्त पदयात्रामा सहभागी भएका थिए।

सोनोमा काउन्टी इकोनोमिक डेभलपमेन्ट कोल्याबोरेटिभका कार्यकारी निर्देशक एथान ब्राउनले कागजातविहीन श्रमिकहरूको आर्थिक योगदान निकै ठूलो रहेको बताएका छन्। उनका अनुसार, यदि यी श्रमिकहरू प्रभावित भए भने त्यसको असर व्यवसाय, घरायसी खर्च, कर सङ्कलन र स्थानीय सेवाहरूमा प्रत्यक्ष रूपमा पर्नेछ।

प्रतिवेदनले औँल्याए अनुसार, कागजातविहीन बासिन्दाहरूले सोनोमा काउन्टीका कुल आप्रवासीहरूको २६% हिस्सा ओगटे पनि, आप्रवासी श्रमिकबाट हुने $६.४ बिलियन आर्थिक उत्पादनमा उनीहरूको योगदान ३६% रहेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

धेरैजसो कागजातविहीन आप्रवासीहरू कानूनी बासिन्दाहरूसँगै एउटै परिवारमा बस्छन्। यदि परिवारको मुख्य कमाउने व्यक्तिलाई पक्राउ वा देश निकाला गरियो भने, उक्त परिवारको औसत वार्षिक आम्दानी $९६,००० बाट घटेर $२६,३०० मा सीमित हुने प्रतिवेदनमा उल्लेख छ।

सङ्घीय सरकारले अध्यागमन कार्यान्वयनका लागि बजेट र दायरा बढाउँदै लगे पनि, सोनोमा काउन्टीका कागजातविहीन आप्रवासीहरूका लागि उपलब्ध कानूनी स्रोतसाधन घट्दै गएका छन्। हाल अदालतमा विचाराधीन ५,००० भन्दा बढी मामलाहरू मध्ये ४६% सँग मात्र कानूनी वकिल रहेको छ, जुन बे एरिया क्षेत्रमै सबैभन्दा कम हो।

सोनोमा कम्युनिटी फाउन्डेसनका अध्यक्ष तथा सीईओ ओस्कर चाभेजका अनुसार, सङ्घीय नीतिका कारण आप्रवासी समुदायमा सिर्जना भएको त्रास र सम्भावित आर्थिक क्षतिलाई सम्बोधन गर्न उनीहरूले अनुसन्धानमा सहयोग गर्नुका साथै ‘$१.३ मिलियन’ को ‘फन्ड फर बिलोङ्गिङ’ कोष स्थापना गरेका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com