अमेरिकाको तटीय क्षेत्रमा शक्तिशाली हरिकेनको वितण्डा: ५ लाखभन्दा बढी घरमा बिजुली आपूर्ति बन्द


प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार

Photo: Vince Rankin/ Unsplash

हरिकेन ‘इसायास’ले अमेरिकाको मेक्सिको खाडी तटीय राज्यहरूमा भारी वर्षा गराउनुका साथै तीव्र हावाहुरी ल्याएपछि ५ लाखभन्दा बढी घरमा बिजुली आपूर्ति बन्द भएको छ।

पावरआउटेज डट युएसका अनुसार फ्लोरिडामा ३ लाख ३४ हजारभन्दा बढी ग्राहक बिजुलीविहीन बनेका छन्। यस्तै, अलाबामामा १ लाख ६० हजारभन्दा बढी, जर्जियामा करिब ९ हजार, मिसिसिपीमा २ हजार र लुइसियानामा २,८०० ग्राहक प्रभावित भएका छन्।

छोटो समयमै बिजुली जाने क्रम तीव्र रूपमा बढेको छ। पछिल्लो डेढ घण्टामै फ्लोरिडामा विद्युत अवरुद्ध हुने ग्राहकको संख्या ६२ प्रतिशत र अलाबामामा ९७ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।

फ्लोरिडाको एस्काम्बिया काउन्टीमा करिब ७० प्रतिशत मानिसहरू अन्धकारमा बस्न बाध्य भएका छन्। पेन्साकोलाका मेयर डि.सी. रिभ्सले सहरभरि बिजुली काटिएको बताएका छन्। उता वाल्टन काउन्टीमा प्रतिकूल मौसमका कारण चोक्टाह्याचि इलेक्ट्रिक कोअपरेटिभले आफ्ना कर्मचारीहरूलाई रातभरका लागि फिर्ता बोलाएको छ। टोलीले भोलि बिहानैदेखि क्षति मूल्याङ्कन सुरु गर्नेछ।

मौसमविद् डकोटा स्मिथका अनुसार हरिकेन इसायासको केन्द्र फ्लोरिडाको डेस्टिनबाट करिब १२ माइल दक्षिणमा रहेको छ र यो १९ माइल प्रतिघण्टाको गतिमा उत्तरतर्फ बढिरहेको छ। आगामी एक घण्टलभित्र आँधी आधिकारिक रूपमा जमिनमा ठोक्किनेअनुमान गरिएको छ।

सान्टा रोजा बीचमा ११६ माइल प्रतिघण्टाको वेगमा हावाको झोंका  रेकर्ड गरिएको छ। राष्ट्रिय हुरिकेन केन्द्रका अनुसार इसायास अझै पनि १०५ माइल प्रतिघण्टाको गतिसहित ‘क्याटगरी २’को क्षमतामा छ।

मौसमविद् ब्रियाना वाक्सम्यानका अनुसार फ्लोरिडाको प्यानह्यान्डल, बिग बेन्ड र दक्षिणी जर्जियाका केही भागहरूमा शनिबार बिहान ६ बजेसम्मका लागि नयाँ टोर्नाडो वाच जारी गरिएको छ।

डेस्टिन, फोर्ट वाल्टन बीच र ओकालूसा काउन्टीका तटीय क्षेत्रमा भारी वर्षा भएपछि राष्ट्रिय मौसम सेवाले संकटकालिन बाढीको चेतावनी जारी गरेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रशासनले प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानमा आश्रय लिन र आँधी शान्त नभएसम्म घरभित्रै रहन आग्रह गरेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com