बाँदरमुढे घटनाका दोषीलाई कारबाही: प्रचण्ड


प्रकाशित मिति : कार्तिक १९, २०७४ आईतबार

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सशस्त्र द्वन्द्वकालमा आफ्ना कार्यकर्ताद्वारा चितवनमा ३८ जनाको ज्यान जाने गरी गराइएको बहुचर्चित बाँदरमुढे घटनाबारे सत्य निरुपण आयोगले छानविन गरिरहेको भन्दै घटनाका दोषीमाथि कारबाही हुने आश्वासन दिएका छन्।

उनी चुनावी कार्यक्रमका सिलसिलामा शनिबार आफ्नो निर्वाचन क्षेत्र पर्ने माडी पुगेका थिए।

तर उनी न त नजिकैको घटनास्थल पुगेको न उनले घटनाका पीडितहरुलाई नै भेटेको बीबीसीका चितवन संवाददाता ईश्वर जोशीले जनाए।

वाचा

वाम गठबन्धनको चुनावी सभामा भाग लिन माडी गएका प्रचण्डले माडी घटनाबारे आफूले त्यतिखेर नै माफी मागेको बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले भने, “बाँदुरमुढे घटनाबारे मैले सुनेपछि पार्टीको सशस्त्र संघर्षको सबैभन्दा ठूलो गल्ती भयो भनेर भोलिपल्टै वक्तव्य निकालेको थिए”।

प्रचण्डले यसअघि पटकपटक माडी जाने बताउँदै आएपनि उनी त्यहाँ पुगेका थिएनन्।

माडी समेत रहेको चुनावी क्षेत्रमा प्रचण्डको उम्मेदवारीलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ।

अध्यक्ष प्रचण्डले माडी घटनाका दोषीहरुलाई पार्टीले कारबाही गरिसकेको र उक्त घटनाको छानविन सत्य निरुपण तथा मेलमिलाप आयोगबाट पनि भइरहेको बताए।

उनले भने, “कुनै पनि घटनाको प्रमुख दोषी ठहर भएमा र त्यो गम्भीर प्रकृतिको अपराध ठहर भएमा उनीहरुमाथि कारबाही हुन्छ”।

चाहना

अध्यक्ष प्रचण्डले माडीको बसन्तपुर बजारमा एक कार्यक्रममा द्वन्द्वकालमा मारिएका माओवादीका नेताकार्यकर्ताहरुको सम्झनामा माल्यार्पण गरेपनि नजिकै रहेको बाँदरमुढे घटनास्थलमा बनाइएको स्मारकमा भने जाने चाहना देखाएनन्।

निकै तामझाम र कडा सुरक्षा व्यवस्थाबीच भएको कार्यक्रममा बाँदरमुढे घटनाका पीडितहरुको भने उपस्थिति देखिएन।

बाँदरमुढे घटनाका पीडित कृष्ण अधिकारीलाई टेलिफोन सम्पर्क गर्दा उनले आफूहरलाई गिरफ्तार गर्ने सुनेपछि घरमा नै बसेको बताए ।

बाँदरमुढे घटनाका पीडितहरु भने आफूहरुको मागबारे अध्यक्ष प्रचण्डसँग नै वार्ता गर्ने बताएका छन् ।

उक्त घटनामा ३८ जनाको मृत्यु भएको थियो भने ७२ जना घाइते भएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com