चितवनमा चुनावी माहोल : तीन दिनदेखि प्रचण्ड चुनावी अभियानमा


प्रकाशित मिति : कार्तिक १८, २०७४ शनिबार

चितवन, १८ कात्तिक । दोस्रो चरणअन्तर्गत हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्तासँगै चुनावी माहोल ह्वातै बढेको छ ।

राजनीतिक दलका नेता अहिले गाउँगाउँ गएर चुनावी प्रचारप्रसार अभियान शुरु गरेका छन् ।

मुख्य गरी वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनमा आवद्ध राजनीतिक दलको सक्रियता भने बढी देखिएको छ । अन्य साना राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको उपस्थिति भने न्यून देखिन्छ ।

वाम गठबन्धनबाट चितवन क्षेत्र नं ३ का उम्मेदवार (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’समेत जिल्लामा तीन दिनदेखि चुनावी प्रचार अभियानमा हुनुहुन्छ ।

प्रचारप्रसारका क्रममा उहाँले स्थायी शान्ति र देशको समृद्धिका लागि यो पटकको चुनाव महत्वपूर्ण भएको भन्दै त्यसलाई पूरा गर्न चितवनका जनतामा आइपुगेको उल्लेख गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँका प्रतिष्पर्धी भएर लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बन्नुभएका राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष विक्रम पाण्डेसमेत चुनावी प्रचारप्रसार अभियानमा हुनुहुन्छ । केन्द्रीय नेता उठेकाले चिनवन क्षेत्र नं ३ मा धेरै चासो र चर्चाको विषय बनेको छ ।

तीन वटा निर्वाचन क्षेत्र रहेको चितवनमा वाम गठबन्धनबाट क्षेत्र नं १ मा एमाले नेता सुरेन्द्र पाण्डे र क्षेत्र नं २ मा कृष्णभक्त पोखरेल उम्मेदवार हुनुहुन्छ ।

यता लोकतान्त्रिक गठबन्धनबाट क्षेत्र नं १ मा राजेन्द्र बुर्लाकोटी र क्षेत्र नं २ मा शेषनाथ अधिकारीको उम्मेदवारी छ । सबै नेता अहिले चुनावी प्रचार अभियानमा गाउँगाउँमा छन् ।

यस्तो छ वाम गठबन्धनको निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) चितवनले आगामी मंसिर २१ गतेको निर्वाचनका लागि माओवादी केन्द्रका नेता अमिक शेरचनको नेतृत्वमा संयुक्त निर्वाचन परिचालन कमिटी बनाएर प्रचार अभियान थालेको छ ।

समितिको उपसंयोजकमा एमालेका नेता कृष्णप्रसाद खनाल र देवी ज्ञवाली तथा माओवादी केन्द्रका नेता नारायण दाहाल र सूर्य सुवेदी हुनुहुन्छ । समितिमा दुई पार्टीका २५० जना रहने र ३५ सदस्यीय सचिवालय समिति बनाइएको छ । पार्टीको संयुक्त भेलाले दुवै पार्टीका जिल्ला इञ्चार्ज संयोजक रहने गरी पार्टी एकिकरण संयोजक समिति समेत गठन गरेको जनाएको छ ।

समितिको संयोजकमा एमालेका जिल्ला इञ्चार्ज कृष्ण खनाल र माओवादी केन्द्रका इञ्चार्ज ईश्वरी भट्टराईलाई तोकिएको छ ।

समितिको सदस्यमा एमालेका कृष्ण खनाल, तेजेन्द्र खड्का, पार्वती रावल, तथा माओवादी केन्द्रका ज्ञानु बस्नेत र घनश्याम दाहाल हुनुहुन्छ ।

यस्तो छ लोकतान्त्रिक गठबन्धनको निर्वाचन परिचालन समिति

नेपाली काँग्रेस चितवनले आगामी मंसिर २१ गते हुने निर्वाचनमा लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउन विभिन्न सात समिति गठन गरेको छ ।

काँग्रेस जिल्ला सचिव उत्तम जोशीकाअनुसार काँग्रेस जिल्ला उपसभापति कैलाश कोइरालको नेतृत्वमा एक हजार एक सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।

यस्तै पूर्वसांसद रामकृष्ण घिमिरेको संयोजकत्वमा लोकतान्त्रिक गठबन्धनका समन्वय समिति, नेपाली काँग्रेस चितवनका निर्वतमान सभापति टेकप्रसाद गुरुङ्को संयोजकत्वमा अनुगमन तथा सुझाव समिति, जिल्ला सचिव उत्तम जोशीको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरेको छ ।

काँग्रेस चितवनका अर्कासचिव राजीव न्यौपानेको संयोजकत्वमा भातृ संस्था एवं शुभेच्छुक संस्था परिचालन समिति, कोषाध्यक्ष शंकर कँडेलको संयोजकत्वमा आर्थिक समिति र सहसचिव सूर्य अर्यालको नेतृत्वमा घोषणा पत्र तयारी समिति गठन गरिएको जोशीले जानकारी दिनुभयो ।

आफ्ना भातृसंस्था, शुभेच्छुक एवं क्रयाशील सदस्यलाई निर्देशन दिइएको जोशीले जानकरी दिनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com