विपत्तिको उच्च जोखिममा छब्बीस शहर


प्रकाशित मिति : कार्तिक १४, २०७४ मंगलबार

काठमाडौँ, १४ कात्तिक ।  भूकम्प, सुनामी, आँधीबेहरी, खडेरी, बाढीपहिरो, हिमपात, हिमपहिरो, मनसुनी वर्षालगायत विपत्तिको उच्च जोखिममा एशिया–प्रशान्त क्षेत्र रहेको पाइएको छ ।
आज पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको एशिया–प्रशान्तका लागि संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक आयोग (युएन इस्क्याप)को उपक्षेत्रीय प्रतिवेदनले प्राकृतिक एवं मानवनिर्मित विपत्तिको उच्च जोखिममा एसिया–प्रशान्त क्षेत्रका २६ शहर रहेको चेतावनी दिएको छ ।

इस्क्यापको विपत्ति न्यूनीकरण विभागका प्रमुख सञ्जय श्रीवास्तवले प्रतिवेदनका मुख्य बुँदा प्रस्तुत गर्दै काठमाडौँ, नयाँदिल्ली, ढाका र कराँची विपत्तिको उच्च जोखिममा रहेको बताउनुभयो । प्राकृतिक तथा मानव सिर्जित विपत्तिले दिगो विकासका लक्ष्य हासिल गर्न कठिनाइ हुने वास्तविकता औँल्याउँदै उहाँले विश्वका अतिनिर्धन र अधिक जनसंख्या भएको एशिया–प्रशान्त क्षेत्रमा नै जोखिमको भय उच्च हुनु चिन्ताको विषय भएको बताउनुभयो ।

प्राकृतिक विपत्तिका कारण विगत ४६ वर्षमा एशिया प्रशान्त क्षेत्रमा २० लाख मानिसले ज्यान गुमाएको र एक खर्ब तीन अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको तथ्यांक प्रस्तुत गर्दै प्रतिवेदनमा विपद् व्यवस्थापनको पूर्वतयारी, राष्ट्रराष्ट्रबीच सूचना आदानप्रदान तथा प्रविधि हस्तान्तरण, क्षेत्रीय क्षमता अभिवृद्धि र सहकार्यलाई विपत्तिबाट जोखिने उपायका रुपमा सुभाmइएको छ ।

श्रीलंका, मालदिभ्स, बंगलादेश, म्यान्मा र भारतले सामुद्रिक एवं वायुमण्डलीय सूचना आदानप्रदान गर्दा चक्रवातजस्ता विपत्तिबाट बच्न र पूर्वतयारी गर्न सकिने प्रतिवेदनमा उल्लेख छ । सन् १९७० मा बंगलादेशमा चक्रवातका कारण तीन लाख मानिसले ज्यान गुमाएका थिए भने विज्ञान, प्रविधि र सूचना आदानप्रदानको परिणामस्वरुप त्यस्तै विपत्तिबाट सोही मुलुकमा गत वर्ष नौ जनाको मात्र मृत्यु भएको दृष्टान्तसमेत प्रतिवेदनमा समेटिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com