दुर्घटनामा परी भारतमा नौको मृत्यु, तीस घाइते


प्रकाशित मिति : कार्तिक १३, २०७४ सोमबार

भारतको कर्नाटक राज्यमा भएको सडक दुर्घटनामा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ ।
घटनामा अन्य ३० घाइते भएका प्रहरी अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।
“आईतबार बेलुका ४० जना यात्रु बोकेको एउटा टेम्पो थोरे सेत्तिहाल्ली गाँउनजिकै एउटा रुखमा ठोक्कीएर दुर्घटना भएको हो” एक जना उच्च प्रहरी अधिकारीले भने ।
दुर्घटना भएपछि नौ जनाको घटनास्थलमै मृत्यु भएको हो भने, घाइतेहरुलाई स्थानीयबासिन्दाले उद्धार गरेर नजिकैको अस्पतालमा पु¥याएका थिए ।
क्षमता भन्दा अतिधेरै यात्रुहरु बोकेको र तिव्र गतिमा रहेकाले नियन्त्रण भन्दा बाहिर गएर दुर्घटना भएको प्रहरीको बुझाई छ । अध्याँरो भएकाले नियन्त्रण गुमाएपछि रुखमा ठोक्किएको प्रहरीले जनाएको छ ।
भारत विश्वमै सवै भन्दा धेरै सडक दुर्घटना हुने देश हो । सडक अवस्था खराब, पर्याप्त मर्मत नभएका सवारी साधन र चालकको लापर्बाहीका कारण दुर्घटना हुनेगरेको पाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com