गोरखाका नयाँ शक्तिका नेता पोख्रेल माओवादी केन्द्रमा प्रवेश


प्रकाशित मिति : कार्तिक १२, २०७४ आईतबार

काठमाडौँ, १२ कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखाको विकास र समृद्धिका लागि माओवादी केन्द्र र वाम गठबन्धनको विकल्प नभएको बताउनुभएको छ ।

डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीका केन्द्रीय परिषद् सदस्य तथा गोरखाका समाजसेवी वासु पोखरेललगायत एक दर्जन नेता तथा कार्यकर्तालाई आज यहाँ आयोजित पार्टी प्रवेश कार्यक्रममा स्वागत गर्दै उहाँले गोरखा जिल्ला वामपन्थी शक्तिको आधार क्षेत्र रहेको बताउनुभयो ।

उहाँले माओवादी जनयुद्धको केन्द्रका रूपमा रहेको गोरखा जिल्लालाई आर्थिक, सामाजिक रूपमा विकासको उच्च शिखरमा पु¥याउने योजना आफूहरूसँग मात्रै रहेको दाबी गर्नुभयो ।

अध्यक्ष दाहालले डा भट्टराईका पछिल्ला कदमले स्वयं भट्टराई र नयाँ शक्तिलाई संकटमा पारिरहेको बताउनुभयो ।

गोरखा जिल्लाका नयाँ शक्तिका नेता पोखरेल सो पार्टीको केन्द्रीय परिषद् सदस्य तथा काठमाडौं क्षेत्र नं. ५ का प्रतिनिधि सभाका उम्मेदवार समेत हुनुहुन्छ ।

“सानो समूहबाट मुलुकको समृद्धि र राजनीतिक भविष्य सम्भव छैन“, माओवादी प्रवेश गर्दै नेता पोख्रेलले भन्नुभयो, “म विगतमा माओवादी केन्द्रमा नै सक्रिय थिएँ, बीचमा बाबुराम भट्टराईले केही गर्नुहुन्छ कि भन्ने ठानेर नयाँ शक्तिमा लागें । तर, नयाँ शक्ति आफ्नै अस्तित्वको संकटमा छ ।“

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

माओवादी केन्द्रका नेता एवं गोरखा क्षेत्र नं. २ का उम्मेदवार नारायणकाजी श्रेष्ठले नयाँ शक्तिबाट दिनहुँ माओवादी केन्द्रमा प्रवेशको लहर चलेको बताउँदै वाम गठबन्धनले जिते मात्र देशको स्थिरता र समृद्धि सम्भव हुने बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com