नेवा: नख: न्युयोर्कद्वारा सामुहिक म्ह: पुजा


प्रकाशित मिति : कार्तिक ८, २०७४ बुधबार

नेवा: नख: न्युयोर्कले अक्टोबर २० तारिक साँझ बिशेष कार्यक्रमको साथ न्युर्योकस्थित शेर्पा किदुगको हलमा सामुहिक म्ह:पुजा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेवा: समुदायका साथै विभिन्न नेपाली समुदायका प्रतिनिधिहरुको साथै विदेशीहरुको पनि उपस्थिति रहेको थियो ।

नख: द्वारा आयोजित म्हपुजामा नख:का सचिव डा. नरेश मान शाक्य द्वारा सञ्चालित कार्यक्रममा कार्यवाहक अध्यक्ष राजा शाक्यले सहाभागी अतिथीहरू सबैलाई स्वागत गदै नेपाल सम्बत ११३८ (नयॉं बर्ष) को शुभकामना ब्यक्त गरे भने, महा सचिव महेन्द्र बीर बज्राचार्यले म्हपुजाको महत्व र संस्थाको बारेमा जानकारी दिएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नख:का सल्लाहकार अजय छोचूंले मन्त्रविधिबाट बिधी पूर्बक म्हपुजा सम्पन्न गराएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि, नेपाल कन्सुलेटका बाणिज्यदुत कृष्ण कुमार सुबेदीले नेपाल सम्वत ११३८ को नेवा: क्यालेन्डर विमोचन गरी नेपाल सम्वतको महत्व बारे प्रकाश पार्नु भै सबै नेपालीको स्वास्थ, सुख र उन्नतिको शुभकामना दिनुभएको थियो । यो नेवा: क्यालेन्डर नख: द्वारा अमेरिकामा दोस्रो पटक प्रकाशित गरिएको हो ।

न्यूयोर्क सिटीका मेयर बिल दे बलाजियोले नेवा: नख: न्युयोर्कलाई पठाईएको शुभ-कामना सन्देश नख: का सचिव डा. नरेश मान शाक्यले पढेर सुनाएका थिए ।

उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष विष्णुमान प्रधानले कार्यक्रममा सहभागी सम्पूर्ण अतिथीहरू, सहयोगीहरू र स्पोन्सरहरू सबै लाई धन्यवाद ज्ञापन गर्दै नेपाल सम्बत ११३८ (नयॉं बर्ष) को शुभकामना ब्यक्त गरेका थिए ।

महिला स्वयमसेवकहरू नख:का सदस्य संगीता मुखिया छोचूं, बिमला श्रेष्ठ, श्रीकमल शाक्य, श्रुति अमात्य, अनिता बज्राचार्य, लघु शाक्य, सबिना शाक्य र पद्मा प्रधानहरूले सहभागीहरूलाई पुजा गरी सगुन वितरण गरेका थिए भने पुरूष स्वयमसेवकहरू नखका सदस्यहरू देबेन्द्र बज्राचार्य, सुजन श्रेष्ठ, किरण शाक्य, सन्जन प्रधान, निकेश महर्जन, राजीव शाक्य, उमेश श्रेष्ठ र मिल्लेनियम श्रेष्ठले सबैलाई झ्व: भ्वय् (नेवा: भोज) खुवाए । साथै गायिका संगिता छोंचुंले नेवा: भाषाको गीत गाएर सहभागीलाई मनोरन्जन दिनु भएको थियो ।

नेवा: नख: न्युयोर्क, नेवारी परम्परा, कला र संस्कृतिको संरक्षण र प्रबर्दनकालागि 2011 मा न्युयोर्कमा स्थापना गरिएको संस्था हो । यो संस्थाले समुदायको हितका लागी बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ। नेवा: कला संस्कृतिको क्षेत्रमा काम गर्दै आएको यो संस्थाका कार्यवाहक अध्यक्ष राजा शाक्य, उपाध्यक्ष विष्णु मान प्रधान, महासचिव महेन्द्र बीर बज्राचार्य, सचिव नरेश मान शाक्य, कोषाध्यक्ष मनोज कुमार महर्जन, सदस्यहरु रमेश नकर्मी, किरण शाक्य, नम्रता प्रधान, मिना श्रेष्ठ, प्रज्वल प्रधान, बिमला श्रेष्ठ, संगिता छोंचू, सुजन श्रेष्ठ, देबेन्द्र बज्राचार्य र संजन प्रधान रहेका छन् भने सल्लाहाकार अजय छोचूं हुनुहुन्छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com