ट्रम्पको यात्रा प्रतिबन्धमाथि अदालतको रोक


प्रकाशित मिति : कार्तिक १, २०७४ बुधबार

अमेरिकाका एकजना न्यायाधीशले राष्ट्रपति डोनल्ड ट्रम्पले ल्याएको पछिल्लो यात्रा प्रतिबन्ध लागू हुनुकेही अघि त्यसमाथि रोक लगाएका छन्।

इरान, लिबिया, सिरिया, एमन, सोमालिया, चाड, उत्तर कोरिया र भेनेज्वेलाका केही मानिसहरुमाथि गत महिना उक्त प्रतिबन्ध घोषणा गरिएको थियो।

ह्वाइट हाउसले अदालतको उक्त आदेश खतरनाक तरिकाले कमजोर भएको भन्दै त्यसविरुद्ध कानुन मन्त्रालयले पुनरावलोकनमा जाने बताएको छ।

आदेश

८ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको पछिल्लो कदमलाई अदालतले रोकिदिएको छ।

समयावधी नतोकिएको ट्रम्पको यसैहप्ताबाट लागू हुन लागेको उक्त यात्रा प्रतिबन्धलाई संघीय अदालतका न्यायाधीशले रोक लगाएका हुन्।

यसअघि पनि ६ वटा मुसलमानहरुको बाहुल्यता रहेको देशहरुमाथि यात्रा प्रतिबन्ध लगाइएको थियो तर त्यसलाई सर्वोच्च अदालतले हेरेको थियो।

सेप्टेम्बरमा घोषणा गरिएको यो पछिल्लो प्रतिबन्ध इरान, लिबिया, सिरिया, एमन, समालिया, चाड, उत्तर कोरिया र भेनेज्वेलाका नागरिकमाथि लक्षित गरिएको हो।

बुधबारबाट लागू हुन लागेको ट्रम्पको यो तेस्रो यात्रा प्रतिबन्धलाई रोक लगाउन हवाई राज्यमा निवेदन दर्ता भएको थियो।

बेवास्ता

उक्त निवेदनमा आप्रवासीसम्बन्धी संघीय कानुन अन्तर्गत राष्ट्रपतिले त्यस्तो प्रतिबन्ध लगाउन नपाउने उल्लेख थियो।

क्षेत्रीय न्यायाधीश डेरिक वाटसन जसले यसअघि मार्चमा पनि ट्रम्पको यात्रा प्रतिबन्धलाई रोक लगाएका थिए, उनैले अहिले पनि यो नयाँ आदेश जारी गरेका हुन्।

न्यायाधीश वाटसनले यो पछिल्लो प्रतिबन्ध घोषणा गर्नुले यसअघिका अदालतका आदेशहरुलाई बेवास्ता गरेको देखिएको आदेशमा उल्लेख गरेका छन्।

यसैबीच ह्वाइट हाउसले यो पछिल्लो प्रतिबन्ध विश्वभरीको सुरक्षा चासो र सूचना आदानप्रदानमा आधारित भएको बताएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com