सार्वजनिक स्थलमा पिसाव गर्नेलाई रोक्न खोज्दा क्यालिफोर्नियामा भारतीय युवाको गोली हानी हत्या


प्रकाशित मिति : भाद्र २२, २०८२ सोमबार

a passport, watch and pen on a table

भारतीय पासपोर्ट । यो फोटो सांकेतिक हो, मृतकसँग सम्बन्धित छैन । फोटो: सौरभ देवनाथ

अमेरिकामा सार्वजनिक स्थानमा पिसाब गरिरहेका एक व्यक्तिलाई रोक्न खोज्दा एक २६ वर्षीय भारतीय युवाको गोली हानी हत्या भएको छ। कपिल नाम गरेका भारतीय नागरिक क्यालिफोर्नियामा सुरक्षा गार्डको काम गर्दै थिए। उनले आफ्नो कार्यस्थल बाहिर पिसाब फेरिरहेका एक अपरिचित व्यक्तिलाई रोक्न खोज्दा यो घटना भएको हो।

हरियाणाका कपिल परिवारमा एक्ला छोरा भएको र २०२२ मा ४५ लाख भारतीय रुपिँया खर्च गरेर विनाभिसा मेक्सिको हुँदै अमेरिका प्रवेश गरेको जनाइएको छ । यो यात्रामा पनामाको जङ्गल पार गर्ने र मेक्सिकोको सिमानाको पर्खाल नाघ्ने जस्ता कठिन बाटोहरू समावेश थिए । कपिल अध्यागमनबाट पक्राउ परेर रिहा भएपछि क्यालिफोर्नियामा बस्दै आएका थिए।

यस वर्षको मे महिनामा पनि यस्तै एक घटना भएको थियो। अस्टिन टेक्सासमा एक सार्वजनिक बसमा ३० वर्षीय भारतीय अमेरिकी उद्यमी अक्षय गुप्तालाई अर्का ३१ वर्षीय भारतीय दीपक कँडेलले छुरा प्रहार गरी हत्या गरेका थिए। अस्टिन प्रहरीका अनुसार यो आक्रमण कुनै चेतावनी बिना भएको थियो।

मे १४ को साँझ प्रहरी र आपत्कालीन सेवाले बसमा छुरा प्रहार भएको खबर पाएपछि घटनास्थल पुगेका थिए। त्यहाँ उनीहरूले गुप्तालाई गम्भीर चोटसहित भेटेका थिए तर उनलाई बचाउन सकिएको थिएन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com