अमेरिकाबाट १०३ वटा बोइङ विमान खरिद गर्ने दक्षिण कोरियाको घोषणा


प्रकाशित मिति : भाद्र ८, २०८२ सोमबार

कोरियन एयरले १०३ वटा बोइङ विमान खरिद गर्ने सम्झौताको घोषणा गरेको छ।

अमेरिकी विमान निर्माता बोइङ र दक्षिण कोरियाको प्रमुख एअरलाइन्स कोरियन एअरले १०३ वटा नयाँ विमान खरिद गर्ने सम्झौता गरेका हुन्।

यो घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापारिक साझेदारहरूलाई अमेरिकी कम्पनीहरूसँग बढी कारोबार गर्न दबाब दिइरहेका बेला भएको हो।

सम्झौताअनुसार कोरियन एअरले बोइङ ७८७, ७७७ र ७३७ यात्रु विमान खरिद गर्नेछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कोरियन एअरका प्रमुख वाल्टर चोले नयाँ जहाजहरू “निर्णायक क्षणमा” आइपुग्ने र एशियाना एअरलाइन्ससँग विलय हुँदै गरेको कोरियन एअरलाई प्रतिस्पर्धी बनाइराख्ने बताएका छन्।

यो सम्झौता दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युंग र राष्ट्रपति ट्रम्पबीच वाशिङटनमा भएको भेटवार्तापछि केही घण्टामै घोषणा गरिएको हो। उक्त भेटमा जुलाईमा अमेरिकाले दक्षिण कोरियाली सामानमाथि लगाएको १५ प्रतिशत शुल्कबारे छलफल भएको थियो।

सम्झौता दुवै देशका सरकारी प्रतिनिधि र व्यवसायिक नेताहरूको उपस्थितिमा सार्वजनिक गरिएको हो। कार्यक्रममा अमेरिकी वाणिज्य मन्त्री हावर्ड लुटनिक र दक्षिण कोरियाका वाणिज्य मन्त्री किम जुंगक्वान उपस्थित थिए।

बोइङको विमान विभागकी प्रमुख स्टेफनी पोपले यस आदेशलाई “ऐतिहासिक सम्झौता” भनेकी छन्।

यो सम्झौताले अमेरिकाभर करिब १ लाख ३५ हजार रोजगारीलाई सहयोग गर्ने बोइङले जनाएको छ। बोइङमा विश्वभर १ लाख ७० हजार भन्दा बढी कर्मचारी कार्यरत छन्।

यस वर्ष मात्रै कोरियन एअरले बोइङसँग १५० भन्दा बढी विमान अर्डर तथा प्रतिबद्धता जनाइसकेको छ।

ट्रम्प प्रशासनसँग व्यापार सम्झौता गर्न वार्ता गरिरहेका अन्य देशहरूले पनि ठूलो संख्यामा बोइङ विमान अर्डर गर्ने योजना सार्वजनिक गरेका छन्। यी सम्झौताहरूले बोइङलाई यसको युरोपेली प्रतिद्वन्द्वी एअरबसको भन्दा अगाडि पुर्‍याएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com