नाइजेरियाको उत्तरी कडुना राज्यमा प्राथमिक विद्यालयका हजारौं शिक्षकहरु ६ वर्षीय विद्यार्थीकालागि तयार पारेका प्रश्नपत्रको जाँच दिँदा अनुत्तीर्ण भएपछि बर्खास्त गरिने भएका छन्।
कडुनाका गभर्नरले शिक्षक विद्यार्थी अनुपातमा रहेको असमानता सच्चाइने बताएका छन्
राज्यका गभर्नर नासिर एल-रुफाइले भने- “जम्मा शिक्षक संख्याका दुई तिहाइ २१,७८० शिक्षकहरुले जाँचमा ७५ प्रतिशत या त्यो भन्दा माथिको नम्बर ल्याउन सकेनन्।”
उनले भने अनुत्तीर्ण भएका शिक्षकहरुलाई विस्थापित गर्न २५ हजार नयाँ शिक्षकहरु भर्ना गरिनेछ।
एल- रफाइले प्रान्तीय राजधानी कडुनामा विश्व ब्यांकका प्रतिनिधिसँगको भेटका बेला त्यस्तो प्रतिक्रिया दिएका हुन्।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
उनलाई उदृत गर्दै नाइजेरियाको ‘डेली ट्रष्ट’ अखबारले लेखेको छ, “विगतमा शिक्षक नियुक्तिलाई राजनीतिकरण गरियो। हामी जवान र योग्य शीषकहरु भर्ना गरेर त्यो परिवर्तन गर्न चाहन्छौँ ता कि राज्यमा शिक्षाको गौरव कायम रहोस्।”
एल- रफाइले उक्त राज्यमा विद्यमान विद्यार्थी शिक्षकबीचको अनुपात पनि संबोधन गरिने बताए।
उनका अनुसार अहिले कतिपय ठाउँमा एकजना शिक्षकका लागि नौ विद्यार्थी छन् तर कैयौं अरु ठाउँमा त्यो संख्या एक शिक्षक र १०० विद्यार्थीको छ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।