ट्रम्प प्रशासनको निशानामा अब जर्ज वाशिङटन विश्वविद्यालय,२२ अगस्टसम्म सहमति रोज्न चेतावनी


प्रकाशित मिति : श्रावण २७, २०८२ मंगलबार

ट्रम्प प्रशासनले जर्ज वाशिङटन विश्वविद्यालयलाई लक्षित गरेको छ । विश्वविद्यालयले यहूदी, अमेरिकी इजरायली र इजरायली विद्यार्थी तथा शिक्षकहरूका लागि शत्रुतापूर्ण वातावरण सिर्जना गरेको भन्दै संघीय नागरिक अधिकार ऐनको उल्लङ्घन गरेको आरोप लगाइएको छ ।

अमेरिकी न्याय मन्त्रालयले जारी गरेको विज्ञप्तिमा २०२४ को अप्रिल र मे महिनामा भएका प्यालेस्टाइन समर्थक प्रदर्शनका क्रममा विश्वविद्यालयले “यहूदी, अमेरिकी इजरायली र इजरायली विद्यार्थी तथा शिक्षकहरूप्रति जानाजानी उदासीनता देखाएको” उल्लेख छ ।

सहायक अटर्नी जनरल हरमित ढिल्लनले विश्वविद्यालयका अध्यक्ष एलेन ग्रानबर्गलाई पठाएको पत्रमा केही विद्यार्थीले “यहूदी विरोधी र विघटनकारी प्रदर्शन” गरेको बताएका छन् ।

यी गतिविधि यहूदी, इजरायली र अमेरिकी इजरायली विद्यार्थीलाई डराउने, धम्क्याउने र विश्वविद्यालयको वातावरणमा पहुँच नदिने उद्देश्यले गरिएको मन्त्रालयको दाबी छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मन्त्रालयले यस विषयमा कानुनी कारबाही गर्ने इच्छा राखे पनि विश्वविद्यालयलाई २२ अगस्टसम्ममा समाधानका लागि छलफल गर्न तयार छ कि छैन भनी जानकारी दिन अल्टिमेटम दिएको छ ।

जर्ज वाशिङटन विश्वविद्यालय, ट्रम्प प्रशासनको निशानामा परेको पछिल्लो शिक्षण संस्था हो । प्रशासनले अमेरिकाको सहयोगी राष्ट्र इजरायलको गाजामा भइरहेको युद्धविरुद्धका प्यालेस्टाइन समर्थक प्रदर्शनका कारण विश्वविद्यालयहरूको संघीय बजेट कटौती गर्ने चेतावनी दिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com