क्याटलोनियासम्बन्धी योजना छोड्न पूज्डमोनमाथि चर्को दबाब


प्रकाशित मिति : आश्विन २४, २०७४ मंगलबार

क्याटलोनिया, स्पेन, स्वतन्त्रता, विरोध प्रदर्शनक्याटलोनिया स्वतन्त्रताको विरुद्धमा हजारौं मानिसहरु प्रदर्शनमा उत्रिएका छन्।

क्षेत्रीय संसदमा सम्बोधन गर्नुअघि क्याटलन नेता कारलस पूज्डमोनले क्याटलोनिया स्पेनबाट अलग्गिने योजना छोड्ने चर्को दबाबको सामना गरिरहेका छन्।

गत साता भएको विवादास्पद जनमत संग्रहपछि उनले एकतर्फी रुपमा क्याटलोनियाको स्वतन्त्रताबारे घोषणा गर्लान् भन्ने अनुमानहरु गरिएका छन्।

फ्रान्स र जर्मनी दुवैले स्पेन एक हुनुपर्नेमा समर्थन व्यक्त गरेका छन्।

आह्वान

बार्सिलोनाका मेयरले क्याटलन नेता पूज्डमोन र स्पेनका प्रधानमन्त्री मारिआनो राखोयलाई मंगलबार साँझ संकट साम्य पार्न आह्वान गरेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मंगलबारको क्याटलान संसदमा बोल्नुअघि मेयर याडा कोलाउले पूज्डमोनलाई स्वतन्त्रता घोषणा नगर्न आह्वान गरे भने प्रधानमन्त्री राखोयलाई मड्रिडलई प्रत्यक्ष नियन्त्रण गर्नबाट पछि हट्न भने।

आफूले पूज्डमोन र राखोयलाई वार्ता र मेलमिलापको सम्भावना रोकिने खालको कुनै निर्णय नगर्न भनेको कोलाउले बताए।

स्पेनको विपक्षी समाजवादी दलका नेता पेड्रो सान्चेस जो क्याटलोनियाको स्वतन्त्रताको विपक्षमा छन् उनी यो विवादमा तानिएका छन्।

स्पेनी सरकारले उत्तर पूर्वी क्षेत्रको एकाधिकारलाई स्थगित गर्न चेतावनी दिएको छ।

दबाब

क्याटलोनिया, स्पेन, स्वतन्त्रता, विरोध प्रदर्शनक्याटलान नेता कारलस पूज्डमोन र स्पेनका प्रधानमन्त्री मारिआनो राखोय।

क्याटलोनियामा रहेका प्रमुख कम्पनीहरुले उक्त क्षेत्रबाट आफ्नो मुख्यालयहरु सार्न थालेपछि क्याटलान पृथकतावादी नेताहरुमाथि आर्थिक दबाब बढिरहेको छ।

यसअघि कहिल्यै पनि विश्वले क्याटलोनियाको क्षेत्रीय संसदलाई यति नजिकबाट हेरेको थिएन।

मंगलबार साँझ सम्भवत ठूलो संख्यामा प्रहरी र प्रदर्शनकारीहरु बाहिर रहँदा क्याटलान नेताले आफ्ना सांसदहरुलाई सम्बोधन गर्नेछन्।

पूज्डमोनले विवादास्पद जनमत संग्रहको परिणामलाई संसदमा प्रस्तुत गर्ने योजना गरेका छन् जसलाई मड्रिडले गैरकानुनी घोषणा गरेको छ।

जनमत संग्रह यता युरोपेली सरकारले आलोचना गरे पनि र स्पेनभर स्वतन्त्रताविरुद्ध उग्र विरोध प्रदर्शन भए पनि पूज्डमोनले थुप्रै अवसरहरुमा आफूले क्याटलोनियालाई स्वतन्त्र घोषणा गर्ने बताएका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com